२०८१ श्रावण १२
                           

डडुवा झ्याडी खोलामा काठ तस्करी , ११ जना पक्राउ

पौष ६ ÷ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १४ डडुवाको झ्याडी खोला नजिकै काठ तस्कर गर्दै गर्दा ११ जना पक्राउ परेका परेका छन् । स्थानियले प्रहरीलाई दिएको सुराकी पछि डिभिजन वन कार्यालय चौतारा र प्रहरी चौकी साँगाचोकको सयुत्त टोलिले बुधबार विहान २ बजे टिपर सहित काठ र दाउरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव कुमार वुढाथोकीले जानकारी दिनुभयो ।
खोलेखोके सामुदायिक बन क्षेत्रबाट साल प्रजातीका १४, गोलिया १९ , क्यु फिट काठ र एक टिपर दाउरा बरामद गरीएको वुढाथोकीले बताउनुभयो । बा ३ ख ९५०७ नम्बरको टिपरमा लोड गरेर लैजादै गरेको अवस्थामा बरामद गरीएको हो । उत्त बरामद सामाग्रि अहिले डिभिजन वन कार्यालय चौतारामा राखिएको छ । पक्राउ परेका ११ जना अहिले प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्