२०८१ चैत्र ८
                           

चौतारा पिपलडाँडा हुदै झ्याडि सम्म मोटरबाटोको पिच टेन्डर आह्वान

सिन्धुपाल्चोक ,३० चैत

सम्झना कार्की – सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालीकाको पिपलडाँडा हुदै झ्याडि खोला सम्मको मोटरबाटो पिच टेन्डर आह्वान भएको छ । बागमती प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल शरदको पहलमा टेन्डरको आह्वान भएको हो ।

बुधवार चौतारा पिपलडाँडा हुदै झ्याडि खोला सम्मको ८ कि मि मोटरबाटो पिच टेन्डरको आह्वान भएको छ । कुल ४२ करोडको लागतमा आह्वान भएको उक्त टेन्डर  मन्त्री युवराज दुलाल ज्युले मन्त्रालय समाले लगत्तै फाइल अघि बढेको थियो यो संगै दर्जन बराबरको नयाँ योजनाको कार्य जिल्लामा अघि बढी सकेको छ।

यसअघि मेलम्ची चौतारा र नवलपुर मेलम्ची जोड्ने सडकको कालोपत्रे गर्न ठेक्का आह्वान भएको थियो। धेरै समय पछिको अथक प्रयास र मेहेनतबाट मेलम्चि चौतारा जोड्ने मुख्यसडक खण्ड अन्तर्गत पहिलो चरण नवलपुर मेलम्चि सडक खण्डको सडक कालोपत्रे गर्न ठेक्का आव्हान गरिएको थियो ।

मन्त्री दुलाल विकासे निमार्णका कामको लागि अनवरत प्रयास र पहल गरीरहनुभएको । मन्त्री दुलाल चुनावी वाचाहरु पूरा गर्न निरन्तर रुपमा विकासे योजनाका साथ अगाडि बढिरहनु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्