२०८१ जेष्ठ ५

योग तथा पूर्वकर्मले सेर्माथाङमा आउने पर्यटकलाई थप सहज बनाउने विश्वास

बैशाख २२ ,सिन्धुपाल्चोक । हेलम्बुको पर्यटकियस्थल सेर्माथाङका होमस्टे तथा रिसोर्ट सञ्चालकहरुलाई योग तथा पूर्वकर्म सम्बन्धी अभिमुखीकरण गराइएको छ । उनीहरुलाई शुक्रबार आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, चौताराले चिकित्सा पर्यटनको विकास र प्रवर्धन गर्ने उद्देश्यले अभिमुखीकरण गरेको डा. अञ्जु कार्कीले बताइन ।

होमस्टे तथा रिसोर्टवालाहरु सहभागी सो कार्यक्रममा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, चौताराले आयुर्वेद संस्थाले दिने उपचार सेवाहरु, स्वस्थ जीवनशैली, पूर्वकर्म÷पञ्चकर्म एवं योगको बारेमा प्रशिक्षक डा. कार्की प्रशिक्षण दिइएकी हुन् ।

सेर्माथाङमा पुगेका मातातीर्थ आयुर्वेद औषधालयमा नारायण आचार्यले सहभागीसंग आफनो अनुभव आदान प्रदान गर्दै होटल तथा होमस्टेहरुमा आयुर्वेद पर्यटनको संभावना भएको बताए । यसैगरी ंहोमस्टे सञ्चालक कविराज निरीक्षकले होटल तथा होमस्टेहरुमा आयुर्वेदसंग जोडिएरं आय आर्जनमा समेत महत्वपुर्ण भूमिका हुने धाराणा ब्यक्त गरे ।

प्रशिक्षक र सहभागीहरुबीच केही जडीबुटीहरुको औषधीय प्रयोगको बारेमा समेत छलफल भएको थियो । साथै घुँडाको अभ्यङ्ग (तेल मालिश) र शिरोभ्यङ्ग (टाउकाको तेल मालिश) को विधि प्रदर्शन गरी देखाइएको थियो । योग तथा पूर्वकर्मले हाइ अल्टिच्युट सेर्माथाङमा आउने पर्यटकलाई आकर्षित गराउने र थप सहज बनाउने उनिहरुले विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्