बिदुर आचार्य- चौतारा वन क्षेत्र समन्वय समिति सिन्धुपाल्चोकले विकास र वातावरणको सन्तुलन मिलाउनुपर्ने निष्कर्ष निकालेका छन् । बुधवार जिल्ला सदरमुकाम चौतारामा आयोजित वन क्षेत्र समन्वय समितिको बैठकले वन क्षेत्रको समस्या, चुनौती र आगामी कार्यक्रम वारे छलफल गर्दै समन्वय सँगै प्रभावकारी वनाईने निर्णय समेत गरेको छ ।
गत आर्थिक वर्षको समिक्षा, आगामी कार्यक्रम वारे जानकारि र डिभिजन वन कार्यालयले प्राथमिकतामा राख्नुपर्ने विषय वारे छलफल भएको हो । वन समितिको निष्क्रियता, डढेलो, जंगली जनावर आतंक, वन पैदावार, माग र आवश्यकता अनुरुपको विरुवा उपलब्धताको आवश्यकता वारे सरोकारवाला समेतले ध्यानाकर्षण गराएका हुन् ।
वन समितिका पदाधिकारी तथा सामुदायिक वन उपभोक्ता महासंघले वन पैदावा ब्यवस्थापन, उद्योग स्तापना, वन्यजन्तुलाई पानीलगायतका सुविधा, रिजर्भ पोखरी, भूक्षय रोक्ने तथा उत्पादनमुलक विरुवा वितरण र डढेलो नियन्त्रणको अवश्यकता रहेको वताए । साथै स्थानीय सरकारको चासो, माग, भूगोल र आवश्यकता अनुरुपको विरुवा वितरण आजको आवश्यकता रहेको उपभोक्ता समितिको तर्फबाट नन्दलाला श्रेष्ठले बताउनुभयो । हाईटेक नर्सरी, चिडियाघर जस्ता महत्वकांक्षि योजना विफल भएकोले माग अनुरुपको योजना निर्माण गर्न स्थानीय जनप्रतिनिधिले सुझाएका छन् ।
वन क्षेत्रको कार्यक्रमलाई आवश्यकताको आधारमा प्रभावकारि वनाउनुपर्ने जिल्ला समन्वय समिति तथा वन क्षेत्र समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ वताउनुहुन्छ । ‘विकास र वातावरण सन्तुलनमा राख्न समिति सदैव तयार छ र समन्वयात्मक रुपमा प्रभावकारि कार्यक्रम संचालन गरिने छ’–श्रेष्ठले भन्नुभयो । जंगली जनावरले गरेको क्षतिमा राहत दिने कार्यक्रम अल्पकालीन मात्र भएकोले यसको दीर्घकालिन समाधान खोज्नुपर्ने डिभिजन वन कार्यालयका प्रमुख मदन कँडेल वताउनुहुन्छ ।
‘तोकिएको कार्यक्रमको संरक्षण र नियमनमा मात्र केन्द्रीत भएको छ जसबाट प्राथमिकता छुट्याउन सकिएको छैन’–कँडेल भन्नुहुन्छ, ‘सामुदायिक वनको कार्ययोजना निर्माण गरि विकास र वातावरणको सन्तुलन सँगै लैजानुपर्छ ।’ समस्या र आवश्यकता पहिचान गरी कार्यक्रम गर्न स्थानीय सरकार तयार रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले वताउनुभयो ।
बैठकमा धारणा राखदै थापाले पीपीपी मोडल सँगै आवश्यकता पहिचान गरी सहकार्यगत रुपमा कार्यक्रम गर्नुपर्नेमा उहाँको जोड रहेको छ । वन्देउ–चौतारा सडक किनारमा पार्क, सालक संरक्षण तथा प्रजनन् केन्द्र तथा पर्यटनमा समेत आगामी योजना निर्माण गरी काम गर्न नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठले सुझाव दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्