२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादीको २२ सय ८८ सदस्यीय निर्वाचन परिचालन समिति, जिल्लाभर गठबन्धनका उम्मेदवार जिताउन निर्देशन

असोज ३१ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सिन्धुपाल्चोक क्षेत्र नं १ मा गठबन्धनबाट पछि थप्ने गरी प्रतिनिधि सभा तर्फका उम्मेदवार माधव सापकोटा सुबोधको नेतृत्वमा २२ सय ८८ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
समानुपातिक तर्फ प्रदेश सभा सदस्य उमेदवार अमृता नेपाल ‘प्रभा’का अनुसार आइतबार क्षेत्र नं १ अन्तरगत ‘ख’ प्रदेशको खाडिचौरमा सम्पन्न बैठकबाट चन्द्र सापकोटा ‘रबी’को नेतृत्वमा ११ सय ५७ सदस्यीय निर्वाचन परिचालन कमिटि बनाइएको छ ।
यस्तै सोमबार बाह्रविसेमा सम्पन्न क्षेत्र नं १ प्रदेश सभा ‘क’ को बैठकले समानुपातिक उम्मेदवार अमृता नेपाल प्रभाको नेतृत्वमा ११ सय ३१ सदस्य रहेको निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।
क्षेत्र नं १ को निर्वाचन परिचालनको मूल नेतृत्व भने संघीय संसद, प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव सापकोटा सुबोधले नै गर्ने छन् ।
माओवादीले क्षेत्र नं १ को प्रतिनिधि सभा र ‘ख’ प्रदेश सभातर्फ उम्मेदवारी दिएकोले निर्वाचन परिचालनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने भएको हो ।
असोजको पहिलो साता भित्र वाम लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलरुको जिल्लास्तरीय र शीर्ष नेताहरुको उपस्थितिमा बागमती प्रदेश स्तरीय बैठक गरेर संयुक्त निर्वाचन परिचालन समिति बन्ने जनाइएको छ ।
यसैबिच माओवादीले जिल्लाभर गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउने गरी लाग्न निर्देशन दिएको छ । जिल्लाका गठबन्धनका तर्फबाट सबै उम्मेदवारलाई जिताउन सोही अनुरुप प्रचार प्रसारका काम गर्न भनिएको माओवादीले जनाएको छ ।
माओवादीले नेता कार्यकर्तालाई आफ्ना एजेण्डा सहित जनताका माझमा जान भनेको छ । हामीसँग समग्र विकास र समृद्धिका एजेण्डा छन्, एजेण्डा हुने पार्टीले एजेण्डा लिएर जनताका बीचमा जाने हो, एजेण्डा नहुनेले अरुलाई गाली गरेर बस्छन, त्यता अलमलिनु हुँदैन, बैठकमा माओवादीले भनेको छ ।
वाम लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरु ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ को मूल नारा सहित संयुक्त रुपमा चुनावमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्