२०८१ श्रावण १२
                           

तातोपानी  नाकाबाट पहिलाेपटक तेस्रो मुलुक जापानमा  सामाग्री निर्यात

सिन्धुपाल्चोक ,१२ माघ । उत्तरी नाका भएर तेस्रो मुलुकमा पहिलोपटक नेपाली सामाग्री निर्यात भएको छ ।७२ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर शुक्रबार सिन्धुपाल्चोक, तातोपानी नाका भएर जापानमा नेपाली सामाग्री निर्यात भएको हो ।


भन्सार प्रमुख दयानन्द केसीका अनुसार चीन ट्रान्जिट भएर उत्तरी नाकाबाट नेपालकै इतिहासमा पहिलोपटक निर्यात सुरु भएको छ । हाललाई २४ सय बाक्सा वाइवाइ जिङ्ग चाउचाउ चीन भएर जापान निर्यात भएको भन्सार प्रमुख केसीले जानकारी दिनुभयो । त्यस्तै भियतनाममाबाट तातोपानी नाका नै भएर बेसार आयात भएको पनि उहाँले जानकारी दिनुभयो ।


गत बैशाख १८ गतेबाट दुईतर्फीरुपमा नै नाका सन्चालनमा आएपछि पछिल्लोपटक चीनबाट आयातमा वृद्धि भएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार पछिल्ला दिनहरुमा दैनिक २५ कन्टेनर सामाग्री नेपाल भित्रिने गरेको छ । आयातमा वृद्धि भए पनि निर्यात भने ठप्पप्राय रहँदै आएको तातोपानी नाकाबाट तेस्रो मुलुकमा नै नेपाली सामाग्री निर्यात हुन थालेपछि भने नाका भएर निर्यातमा पनि वृद्धि हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्