२०८१ श्रावण १२
                           

लायन्सले गर्यो खेलाडीको विदाई

असोज २८ — दोश्रो मालिकादेवी कप ७ ए साइड फुटबल प्रतियोगिता २०७९ मा सहभागी लायन्स क्लब अफ काठमाडौ सिन्धु चौतारा सिटीको खेलाडीहरुको विदाई गरीएको छ । बिहिबार लायन्स क्लव अफ काठमाडौ चौतारा सिटी र लायन्स क्लब अफ काठमाडौ सिन्धु चौतारा सिटीको संयुक्त आयोजनामा गरीएको कार्यक्रमबीच प्रतियोगितामा सहभागि खेलाडीहरुलाई विजयको शुभकामना सहित विदाई गरीएको हो । स्वागत तथा शुभकामना मन्तब्य राख्दै लायन्स क्लवका क्लब डाइरेक्टर नरमान श्रेष्ठले अधम्य साहसका साथ खेलेर नया रेकर्ड भित्र्याउन खेलाडीहरूलाई आग्रह गर्नुभयो ।

खेलाडीलाई जर्सी हस्तान्तरण


क्लबले आफ्ना खेलाडीहरुलाई कार्यक्रमकै बिच जर्सी पनि हस्तानतरण गरेको छ । क्लबले सबै खेलाडीलाई खेल सामग्री (जर्सी) हस्तान्तरण गरेको हो । साक्यान इन्टरनेशनल काठमाडौंका प्रोपाईटर सन्तोष सापकोटाको स्पोन्सरमा सामाग्री हस्तान्तरण गरीएको लायन्स क्लब अफ काठमाडौ सिन्धु चौतारा सिटी अध्यक्ष सन्देश श्रेष्ठले बताउनुभयो । यसैबीच कार्यक्रमको क्रममा लायन्स क्लब अफ काठमाडौ सिन्धु चौतारा सिटीलाई लायन्स क्लबका सदस्य तथा ओम मोटर साईकल वर्कसप चौताराका प्रोपाईटर हरि ओम श्रेष्ठले विपन्न विद्यार्थीहरुका लागि ४० थान विद्यालय झोला प्रदान गर्नुभयो । सो सामाग्री चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ८ दियालेका विपन्न वर्गका बालबालिकालाई वितरण गरिने क्लबले जनाएको छ । सोहि अवसरमा क्लबले सेवाको भावले सहयोग गर्ने श्रेष्ठलाई मायाको चिनो समेत वितरण गरेको थियो ।
यसैगरी शुक्रबार सुनौलो विहानी क्लबले पनि दोश्रो मालिकादेवी कप ७ ए साइड फुटबल प्रतियोगितामा खेल्ने आफ्ना खेलाडीको विदाई गरेको छ । टिक म्यानेजर मनोज घले सहितको टिमलाई सफलताको शुभकामना दिदै विदाई गरीएको क्लबका उपाध्यक्ष सन्देश श्रेष्ठले बताउनुभयो । यो प्रतियोगिता सुक्रबारबाट मेलचौर दरबार डाडामा सूरु हुदै छ ।

 

प्रतिक्रिया दिनुहोस्