२०८१ श्रावण १२
                           

चौतारा साँगाचोकगढी नगरपालिकाले गर्यो खेलकुद सामग्री वितरण

असोज १४ — चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका विभिन्न खेलाडी आवद्ध क्लबहरूलाई खेलकुद सामग्री वितरण गरेको छ । वडा भित्रिरहेका विभिन्न क्लबलाई निवेदन मागको आधारमा बल, नेट, पम्प लगायतका सामाग्री नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले वितरण गर्नुभएको हो । वडाका खेलाडी कुनै पनि खेलबाट बन्चित नहुन् भन्ने उद्देश्यले सानो सहयोग गरेको र आवश्यकताको आधारमा प्रदेश र संघमा पनि पुग्ने मेयर सापकोटाले बताउनुभयो ।
नगरका खेलाडीले विभिन्न प्रतियोगितामा सहभागिता जनाएका ल्याएका पदक कार्यलयका भित्तामा सजिँदा गहनाले भरिएको महसुस हुने गरेको उहाँले बताउनुभयो । भविष्यमा राष्ट्रियस्तरका पुग्न सक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्