२०८१ श्रावण १२
                           

हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार दिपीन ढुङ्गाना र अनिश तिवारीलाई

असोज ७ — सिन्धुपाल्चोक जिल्लामा क्रियाशील पत्रकारहरू दिपिन ढुङ्गाना र अनीश तिवारीलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हुतराज अर्थचन्द्र जनहितकारी संस्था मेलम्चीले प्रत्येक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार जिल्लाका क्रियाशील दुई पत्रकारले प्राप्त गर्नुभएको हो ।
बागमती प्रदेशका पशुपन्छी विकास राज्य मन्त्री इन्द्रमाया गुरुङले उहाँहरूलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । इन्द्रेश्वरी मावि मेलम्चीमा आयोजित एक कार्यक्रमका बीच पत्रकारिता क्षेत्रका क्रियाशील पत्रकार ढुङ्गाना र तिवारीलाई पुरस्कार स्वरूप रु ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको हो । ढुङ्गाना रेडियो मेलम्ची संगै सगरमाथा टेलिभिजनमा र तिवारी कान्तिपुर दैनिकका जिल्ला संवाददाता हुनुहन्छ ।


शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि जिल्लामा क्रियाशील ६ पत्रकारलाई सम्मान गरिसकेको छ । यसअघि सुदर्शन सिग्देल, ऋषिराम पौडेल, ध्रुब दंगाल , दिनेश थापा, देवराज सुवेदी, दुर्गा आचार्यले यो पुरस्कार पाइसक्नुभएको छ ।
आफ्नो बुबा र सानुबुबाको स्मृतिमा खोलिएको यस संस्थाले २०६८ सालदेखि नै एसइई टपरहरुलाई पुरस्कार तथा सम्मान गर्दै आएको संस्थाका कार्यकारी अध्यक्ष सुदर्शन पाण्डेले जानकारी दिनुभयो । अहिले संस्थाले दृष्टिविहीन, अपाङ्ग, दलित र आर्थिक अवस्था कमजोर भएकाहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्