ठूलो सिरुवारी/चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १३ मा नेकपा (एमाले) र नेपाली काङ्ग्रेस परित्याग गरि १७ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
वडामा आज भएको पार्टी स्कुल तथा समाजबादका निम्ति कार्यशाला कार्यक्रममा नेकपा (एमाले) र नेपाली काङ्ग्रेस परित्याग गरी १७ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अनुसार पार्टी प्रवेश गर्नेमा नेकपा ( एमाले ) चौतारा साँगाचोकगढी नगर कमिटीका पुर्व सदस्य एवं चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १३ बाट स्थानीय तहको निर्वाचन ०७९ का वडा सदस्यका उम्मेदवार यमबहादुर गिरी ‘कुमार’ , वडा नम्बर १३ ठुलो सिरुवारीकै एमालेका वडा कमिटी सदस्य बाबुकाजी राना, ०५४ सालमा एमालेबाट निर्वाचित वडा सदस्य रविलाल गिरी, वडा नम्बर १० का संगठित सदस्य लोकबहादुर गिरी, ठुलो सिरुवारीकै एमालेका संगठित सदस्य डम्बरबहादुर गिरी, यमराज गिरी, दिपक राना, ठगबहादुर राना, गोपाल राना, निशा गिरी, रेनुका गिरी, बिमली गिरी, सिताराम थापा मगर, राजु राना र नेपाली काङ्ग्रेसका कृयासिल सदस्य हिरा गिरी, डिलबहादुर गिरी, उषा गिरी रहेका छन् ।
उनीहरुलाई पार्टीका केन्द्रिय सदस्य एवं चौतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा,केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज केशव नेपाल, जिल्ला संयोजक गोविन्द पराजुली लगायतको उपस्थितिमा पार्टी प्रवेश गराइएको हो ।
प्रतिक्रिया दिनुहोस्