२०८१ श्रावण १२
                           

मेलचौर दरबार डाँडामा सुक्रबार मैत्रीपुर्ण फूटबल हुदै

असोज ४ — कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकको आयोजनामा मैत्रीपुर्ण फूटबल प्रतियोगिता हुने भएको छ । बिजया दशमी २०७९ को उपलक्ष्यमा असोज ७ गते हुने मैत्रीपुर्ण फूटबल पत्रकार महासंघ, बैंकर्स र कर्मचारीको २ टीमले सहभागिता जनाउने आयोजकले बताएको छ । खेल शुक्रबार बिहान ७ बजे दरबार डाँडा मेलचौरमा संचालन हुने छ ।

प्रतियोगिताको लागि सिन्धुपाल्चोक जिल्ला फूटबल संघ र जिल्ला खेलकूद समितिको प्रविधिक सहयोग रहेको छ । बिजयी खेलाडीलाई प्रमाणपत्र र मेडल प्रदान गरीने छ ।

प्रतिक्रिया दिनुहोस्