२०८१ श्रावण १२
                           

बुहारीको कुटाइबाट ससुराको मृत्यु

भदौ १३ — सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा आफ्नै बुहारीको कुटाइबाट ८० वर्षका ससुराको मृत्यु भएको छ । हेलम्बु १ स्थित गोवागाङ बस्ने ८० वर्षका कामीढिण्डु लामाको आफ्नै २३ वर्षकी बुहारी रीता तामाङको कुटाइबाट मृत्यु भएको हो । भदौ १२ गते रीताले घरायसी विषयमा वादविवाद हुदा हानेको काठको चिर्पटले लाग्दा टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरि गम्भिर घाईते भएका थिए ।गम्भिर घाईते लामाको सोमबार विहान स्थानिय स्वास्थ्य चौकी खार्चुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो । कुटपिट गर्ने बुहारी रीता तामाङ हाल प्रहरी नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी बुढाथोकीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्