२०८१ श्रावण १२
                           

नगर घेदुङमा प्रविन लामा

चौतारा सांगाचोकगढि नगरपालिका स्तरिय नगर घेदुङ अधिबेसन तथा नयाँ कार्यसमिति चयन गरी प्रविन लामाको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन भयको छ ।

चौतारा सांगाचोकगढि नगरपालिका वडा नम्बर ९ का वाडध्यक्ष बिष्णु तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार तथा पुर्व सांसद दावा तामाङले गर्नु भएको थियो।

कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल जनजाति महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष काजिमान थिङ, चौतारा सांगाचोकगढि नगरपालिकाका मेयर अमान सि. तामाङ र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष रेसम स्याङबो त्यस्तै गरी स्थानिय जनप्रतिनिधिको बाग्लो उपस्थितिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

नयाँ कार्यसमितिमा अध्यक्ष प्रविन लामा, उपाध्यक्ष अस्मिता तामाङ, उपाध्यक्ष समीर तामाङ, सचिव सन्जिब तामाङ, कोषाध्यक्ष रामकुमार लामा, सहसचिव हिरालाल तामाङ र सदस्यहरु क्रमश गंगालाल तामाङ, बिष्णुमाया तामाङ, धनमान तामाङ, सुरेदास तामाङ, हिरा तामाङ, धन बहादुर तामाङ, कमानसिङ तामाङ, होम बहादुर तामाङ, झलक तामाङ, रहर बहादुर तामाङ र शान्ति थिङ तामाङ रहेको छ ।

नयाँ कार्य समिति संगै नगर घेदुङले सल्लाहकार समिति र संरक्षक समिति पनि गठान गरिएको थियो।

कार्यक्रमलाई मिलन लामाले संचालन गरेको थियो भने अतिथि दर्शक पाहुनालाई शब्द बाट स्वागत मन्तब्य उजारसिङ तामाङ (समर) र गितको माध्यमबाट गायक आस्मान लोप्चन र प्रितम तामाङले मौलिक खान्दोके सेलोमा डम्फु बजारएर स्वागत गरेका थिए ।

कार्यक्रममा गायक अनिश योन्जन , गायक आस्मान लोप्चन, संचारकर्मि तथा गायक प्रितम तामाङ , गायिका रोस्ना लुङबा र कलाकार मन्जु थिङको सांस्कृतिक प्रस्तुति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्