२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोकमा आँखा स्वास्थ्य सचेतना सम्बन्धी तिज गीत प्रतियोगिता सम्पन्न, शिद्धि गणेस महिला समुह सानुसिरुवारी प्रथम

भदौ ११, सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आँखा स्वास्थ्य सचेतना सम्बन्धी तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला स्तरीय उत्त तीज गीत प्रतियोगितामा शिद्धि गणेस महिला समुह सानुसिरुवारी प्रथम भएको छ । हिन्दू नारीहरुको महान पर्व तीजको अवसर पारेर जिल्ला सामुदायिक आँखा केन्द्र सिन्धुपाल्चोकले आज ( जिल्ला सदरमुकाम चौतारामा प्रतियोगिता आयोजना गरेको थियो ।


जिल्लास्थित विभिन्न ८ समूह सहभागी प्रतियोगितामा चौतारा सांगाचोकगढी नगरपालिका वडा नम्बर १ भेडाबारी महिला समूह द्धितीय र चौतारा साँगाचोकगढी वडा नम्बर १० महिला समुह तृतीय भएका छन । प्रतियोगतामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई कार्यक्रमका प्रमुख अतिथी चौतारा सांगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले प्रमाण–पत्र सहित क्रमशः नगद १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्रदान गर्नुभयो ।


आँखा सम्बन्धी समस्या जहिले र जसलाई पनि हुने सक्ने भएकाले सचेतना फैलाउने र संस्कृति संरक्षणमा समेत सहयोग पु¥याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक तथा जिल्ला सामुदायिक आँखा केन्द्रकी प्रमुख रुपा लुईटेलले बताउनुभयो ।
सहभागिहरुले आँखा स्वास्थ्यबारे गित मार्फत आफ्रनो प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्