२०८१ श्रावण १२
                           

साहित्य कला र संस्कृतिलाई प्राथमिकता ःप्रधानमन्त्री ‘प्रचण्ड’

२५ जेठ । जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनलको अवसरमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको क्रममा बन्दुक, कलम र मादलको एकीकृत तागत पैदा गर्नुपर्ने कुरामा जोड दिएको बताएका छन् । उनले  सांस्कृतिक चिन्तन र प्रवृत्तिलाई पराजित गर्न  सबैले गम्भीर समीक्षा र उपर्युक्त पहल लिन जरूरी रहेको बताए ।

नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको प्रधानमन्त्री ‘प्रचण्ड’ले जानकारी दिए ।  समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका कीर्तिपुर, बन्दीपुर, बुङ्मती, थिमी, गोरखा, जनकपुर र मटिहानी लगायतका स्थानको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र सम्वद्र्धन गर्न विविध कार्यक्रम सञ्चालन गर्ने, भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाट्य लगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धन गर्ने, प्रतिलिपि अधिकारको संरक्षण र नियमन गर्ने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने, राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक संग्रहालय निर्माण गर्ने लगायतका महत्वपूर्ण कार्यक्रमहरू यस वर्षको बजेटमा समावेश भएको बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले  वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता सहित अगाडि बढिरहेको बताएका छन् । उनले भने राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढाव जस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या छैन । तसर्थ, सरकारले गरेका ऐतिहासिक पहल र महत्वपूर्ण उपलब्धीहरू आम जनसमुदायसम्म पु¥याई परिवर्तनको पक्षमा जनमत निर्माण गर्नसमेत म यहाँहरू सबैमा विशेष अपील गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्