बिदुर आचार्य -सिन्धुपाल्चोक । असार ९ गते बिबाहको प्रलोभनमा पारि चीन पु¥याई वन्धक वनाएर कामदारको रुपमा राखिएको सिन्धुपाल्चोककी एक महिला सहित दुई जना महिलाको उद्धार गरि नेपाल ल्याइएको छ ।
विविध वहानामा चीन पु¥याईएको भनि उक्त पीडित महिलाले प्रहरी कार्यालयमा दिएको जाहेरीमा मानव बेचबिखन तथा ओसारप्रसारको अभियोग रहेको छ । उक्त अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाली चेलीहरु चीनको विभिन्न स्थानमा वेचिन पुग्ने गरेको नयाँ तथ्य फेला परेको छ । पछिल्ला वर्ष मानव बेचबिखन तथा ओसारप्रसारमा चीन नयाँ गन्तब्य राष्ट्रको रुपमा देखिएको छ । पछिल्ला एक महिनामा चीनको विभिन्न स्थानबाट तीन जना नेपाली चेलीहरुको उद्धार गरि नेपाल ल्याईएको गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले जनाएको छ ।
असार ९ (जुन २३)मा दुई जना महिलाको उद्धार गरि नेपाल आईपुगेका छन् । विवाह गरि वा घरेलु कामदारका रुपमा विभिन्न समय र वहानामा चीन पु¥याईएका नेपाली चेलीहरु आपूmहरु वेचिएको वा पीडित भएको थाहा पाएर क्रमश चिनियाँ दुतावास, गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनको सम्पर्कमा आउने गरेका छन् ।
बिहेको बहानामा चीन पु¥याएर मानव बेचबिखन गरेको उजुरीको आधारमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको हो । मानव बेचबिखन अनुसन्धान ब्युरोले उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । आरोपित राईलाई असार ११गते पक्राउ गरिएको छ ।
सामाजिक सञ्जाल मार्फत कुराकानी गरी आफू चिनियाँ पुरूषसँग विवाह गरी चीनमा आएको र चीनिया नागरिकसँग विवाह गराईदिने प्रलोभनमा पारेको अभियोग रहेको छ । आरोपित राईले ती महिलालाई राजधानी मकाठमाडौमा चिनियाँ नागरिकसँग भेट गराइ गत फागुन १० गते ती महिलालाई भिजिट भिसामा चीन पु¥याएको पाइएको छ । चीन पुगेपछि भने ती महिला बन्धकमा परेकी अनुसन्धान ब्युरोले जनाएको छ ।
शारिरीक र मानसिक यातना मात्र नभई पटकपटक यौन शोषण गरेको अनुसन्धानबाट खुलेको छ । महिलालाई बन्धक बनाएर राखेको खुलेपछि चीनस्थित गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन र नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्धार गरी नेपाल फर्काइएको एसपी गौतम मिश्रले जानकारि दिनुभयो ।
घटनामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिको खोजी भइरहेको ब्युरोले जनाएको छ ।
पछिल्लो समय मानव बेचबिखन र ओसारप्रसारको रुपमा परिवर्तन आएको छ । बैदेशिक रोजगारिको बहानामा कतिपय देशमा मानव ओसारप्रसार हुँदै आएको तथ्यहरु छन् । तर चीनमा हुने गरेको बेचबिखन र ओसाप्रसार भने नयाँ तथ्य हो ।
बिवाह, रोजगारी तथा विभिन्न वहानामा नेपाली मुलका महिलाहरु चीनको विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा पीडित भैरहेका र नियमित नेपाली दुतावास र एनआरएन चीनको सम्पर्कमा आएका एनआरएन चीनका महासचिव प्रदिप नेपालले जानकारि दिनुभयो ।
सीप, भाषा, संकृति कुनैपनि विषयमा विना जानकारि प्रलोभनमा परेर चीन आई समस्यामा परेका महिलाहरुलाई दुतावास र संघको सहयोगमा उद्धार गरि नेपाल फिर्ता पठाउन सफल भएको उहाँले जाकारि दिनुभयो । ‘विभिन्न प्रलोभनमा परि चीन पुगि समस्या झेलीरहेका नेपाली महिलाहरुलाई नेपाल फर्काईएको छ’–संघका अध्यक्ष निर्मल चौलागाई बताउनुहुन्छ । दलालको प्रलोभनमा नपर्न आम नेपाली महिलाहरुलाई संघले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्