२०८१ श्रावण १२
                           

मेलम्चीका हरेक नागरीक स्वास्थ्यको पहुंचमा हुनुपर्छ : नगरप्रमुख तामाङ

भदौ ११, मेलम्ची नगरपालीकाका हरेक नागरीक स्वास्थ्यको पहुंचमा हुनुपर्ने नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । नगरपालिका स्तरीय वार्षिक प्रगति समिक्षा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नगर प्रमुख तामाङले नगरका १८ वटै स्वास्थ्य सेवा केन्द्रको अनुगमन गरी सुधार तथा औषधीको नियमित आपुर्तीमा नगरपालिकाले कन्जुस्याइँ नगर्ने प्रतिवद्वता जनाउनुभएको छ । नगरको बजेटबाट नपुगेको खण्डमा प्रदेश र संघबाट सहयोगको लागी अनुरोध गरी औषधी अभाव हुन नदीने उहाँले बताउनुभएको छ ।

मेलम्ची नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित आर्थीक बर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको नगरपालिका स्तरीय वार्षिक प्रगति समिक्षा कार्यक्रम नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा समापन भएको हो । नगरपालिकाको सभाहलमा दुई दिनसम्म चलेको उक्त कार्यक्रमको आज समापन भएको हो ।

नगरपालिका भित्र १८ वटा स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्य सेविकाको सहभागिता रहेको यस कार्यक्रममा स्वास्थ्य क्षेत्र रहेको विविध समस्य र सुधार गर्नुपर्ने विषयमा आ(आफ्नो धारणा राखेका थिए ।

स्वास्थ्य शाखाका प्रमुख ज्ञानेन्द्र घोरासैनीले स्वास्थ्य शाखाले गर्नुपर्ने भुमिका, पालिकाले दिनुपर्ने सहयोग र स्वास्थ्य सामग्री विषयमा शाखाले कुनै कसरत बाँकी नराखेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्