२०८१ बैशाख १८

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी जित बहादुर तामाङ ३४ वर्षपछि पक्राउ

भदौ २०, मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई ३४ वर्षपछि सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक दुवाचौर गा।वि।स। वडा नं।६ हाल मेलम्ची न।पा। वडा नं।७ बस्ने वर्ष ६६ को खम्बे भन्ने जित बहादुर तामाङ रहेका छन् ।
कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो आईतबार ११ः०० बजेको समयमा मेलम्ची न।पा।७ स्थितबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्र।ना।उ। शिव बुढाथोकीले बताउनुभयो। मानव वेचविखन तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०४५।१२।२९ गतेको फैसलाले मानव वेचविखन तथा ओसारपसार मुद्दामा कैद नौ वर्ष दुई महिना आठ दिन सजाँय तोकेको थियो । जिल्ला अदालतले निजलाई लागेको कैद सजाँय असुलका लागि आजै जिल्ला कारागार चौतारा चलान गरेको प्र।ना।उ। बुढाथोकीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्