२०८१ श्रावण १२
                           

कायक प्रतियोगितामा प्रथम भए प्रमोद

चौतारा/ मंगलबारदेखि जारी दोस्रो भोटेकोसी कायक च्याम्पिएनशिप प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि प्रमोद गुरुङले जीत्न सफल भएका छन् ।
३१ जना प्रतिस्पर्धिलाई पछि पार्दै गुरुङ प्रथम भएका हुन् ।
चार विधामा भएको प्रतिस्पर्धामा गुरुङले कूल ८८० अंक प्राप्त गरेका थिए ।
गुरुङले स्प्रिन्टतर्फ ९२, हेड टु हेडतर्फ २००, सललोमतर्फ २६६ र डाउन रिभर रेष्टतर्फ ३२२ अंक प्राप्त गरि प्रथम भएको आयोजक संस्था भोटेकोसी एड्भेञ्चर क्लबले जनाएको छ ।
सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेस्थित सुनकोसी नदीमा मंगलबार र वुधबार दुई दिन भएको प्रतियोगितामा ८५३ अंकसहित सुरेन्द्र माझी दोस्रो भएका छन् भने विक्रम गुरुङ ८३३ अंक ल्याएर तेस्रो भएका छन् ।
महिलातर्फ भने अनिता कार्कीले कूल १००० अंक प्राप्त गर्दै प्रथम भएकी छन् । त्यस्तै द्धितीय र तृतीयमा क्रमश ः पविता मगर र सम्झना माझी भएका छन् ।
सहासिक जल पर्यटनको विकास गर्दै सुकुटेलाई थप आन्तरिक र बाह्य पर्यटकको केन्द्र बनाउने उदेश्यका साथ आयोजित प्रतियोगितामा मूलुकभरका ३२ जना खेलाडि सहभागिता रहेको सिन्धु पर्यटन बोर्डका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्