२०८१ श्रावण १२
                           

जुगलको बजेट ६६ करोड ३२ लाख ३ हजार रुपैंया

असार १०, जुगल गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ६६ करोड ३२ लाख ३ हजार रुपैंया बजेट ल्याएको छ । ‘सामाजिक न्याय सहितको समृद्ध जुगल’ मूल नाराको साथ शुक्रबार भएको १२ औं गाउँ सभाबाट सो बजेट पारित गरेको हो । गाउँपालिकाको उपप्रमुख हिमाल कुमार श्रेष्ठले आगामी आर्थक बर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताउनुभयो । सार्वजनिक गर्दै उनले विगतको भएको राम्रो कामलाई निरन्तरता दिएको बताउदै गाउँपालिकाको विकासका लागि केन्द्रित गरेर बजेट ल्याइएको बताउनुभयो ।

जुगल गाउँपालिकाले ‘शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार र समृद्ध जुगल निर्माणको आधार’को नारा अघि सारेको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताए । जुगललाई पर्यटकीय पूर्वाधारका रूपमा विकास गर्न आवश्यक पहल गरिने भएको छ । अन्य सामुदायिक वनहरूलाइ पनि दीगो पर्यटकीय स्रोतका रूपमा संरक्षण गर्न आवश्यक पहल नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्य, उत्पादन र रोजगार हामो आधारभूत प्रतिबद्धताःसामाजिक न्याय सहितको समृद्ध जुगल निर्माण अभियानमा हामी सबैको सहभागिता भन्ने मूल एजेण्डा अघि सारेका छन् । समृद्ध जुगलको आधार शिक्षा, स्वास्थ्य कषि उत्पादन, रोजगार र पूर्वाधारलाई प्राथमिकतामा राखि जलस्रोत, पर्यटन र जडिबुटीलाई अघिल्लो सरकारले भन्दा सरकारले विशेष प्राथमिकतामा दिगो उत्पादनमा आधारित कार्यक्रमहरु अगाडि बढाउने भएको छ ।
साना घरेलु उद्योग, रोजगारीमूलक व्यवसायलाई बढुवा दिने, पूर्वाधारको विकासको माध्यमबाट जनतालाई आयमुलक तथा सीपमूलक कार्यमा प्रोत्साहित गरि आर्थिक सामाजिक, शैक्षिक विकास तथा गुणस्तरीय जीवन निर्वाहमा सघाउ पुर्याउने नीति योजना ल्याएको उपाध्यक्ष हिमाल कुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्