२०८१ श्रावण १२
                           

२२ देखि लामोसाँघु युवा क्लबको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुदै

वैशाख ,९सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा जिल्ला स्तरीय भलिबल प्रतियाेगिता बलेफी गाउँपालिका वडा नम्बर ८ मा रहेको फुटसल खेल मैदानमा आगामी वैशाख २२ देखि लामोसाँघु युवा क्लबको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो । लामोसाँघु युवा क्लब र स्थानीय पालिकाहरूसँगको सहकार्यमा हुन गइरहेको उक्त प्रतियोगितामा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहका टिमले प्रतियोगितामा सहभागिता जनाउने लामोसाँघु युवा क्लबका अध्यक्ष चरी बहादुर तामाङले बताउनुभयो  । खेल वैशाख २२ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा टिम दर्ताका लागि १५ गतेसम्म तोकिएको छ ।

प्रथम हुनेले नगद एक लाख पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय हुनेले नगद ७० हजार र तृतीय हुनेले नगद ४० हजार र सान्त्वना हुनेले नगद १५ हजार रुपैयाँ सहित सिल्ड मेडल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्