२०८१ श्रावण १२
                           

पवित्र प्रेम (लघुकथा)

केशबलोचन शर्मा


केशबलोचन शर्मा-

उ प्रेमालाई मन पराउथ्यो । बिद्यालय देखि कलेज पढ्दासम्म उसको चाहनामा फेरबदल आएको थिएन । प्रेमाका हरेक पाइलालाई पछ्याई रहन्थ्यो । भेटमा खुलेर कुरा राख्न सक्दैनथ्यो तर आंखा जुधाएर म तिमीलाई मन पराउछुको भाव पोख्दथ्यो । प्रेमाले पनि नबुझेकी कहां हो र उसका आफ्नै बाध्यता थिए । समाजमा रहेको जातिय विभेदसंग भयभित थिइन् । तर पनि प्रेमको मनमोहक वास्नाले पछ्याई रहन्थ्यो । फक्रिदै गरेको गुलाफलाई त्यसै झर्न दिन हुदैन भन्ने थाहा थियो । उसको हरेक पाइलालाई गन्ति गरेर राखेकि थिई । उसको प्रत्येक प्रेममय शव्दालाई मुटुमा कैद गरेर राखेकि थिइन् । समयले भविष्यको गोरेटो नकोरि सकेको, परिवारका बिचमा आत्मिक सम्बन्ध नभएको, पुरातन संस्कृतिको आंखिभ्याफ्लबाट चिहाउदै गरेको समाजप्रति शंका थियो, कताकता भय थियो प्रेमामा । कहां देखौ कहां देखौ भई राख्थ्यो । प्रेमालाई जस्तै उसलाई पनि छटपटि लाग्थ्यो । उसले धेरै पटक भागेर बिबाह गर्ने प्रस्ताव गर्‍यो । जातिय उत्पिडनमा रमाएको समाजले जवरदस्त छुटाएका घटना प्रशस्त सुनेकि थिईन् । प्रेमाले दर्बिलो निर्णय दिन सकिनन् न उसले प्रेमाको भावना बुझन नै सक्यो वा जान्यो । उसको मनमा निरासाको टुसा पलाउन लाग्यो । घरमा बिहेको कुरा नआएको हैन तर मानेन । आपूm केहि गर्न सक्षम भएपछि मात्रै बिबाह गछु भनेर टार्यो । परिवारलाई पनि प्रेमासंग लसपस छ भनेर अलिअलि थाहा थियो । ठूला जातसंग बिहे गर्न हुदैन दुःख पाइन्छ भनेर संझाए । उसले बिदेश जाने, कलिकता कमाउने र फर्किएर आएपछि बिबाह गर्ने तर्कले परिवारलाई बिश्वस्त तुल्यायो । भोली पल्टै प्रेमालाई यहि बृतान्त सुनायो र दिउसोको गाडि चढेर राजधानी लाग्यो ।
जिवनमा आज सम्म नजिक हुन नसकेको हामी आज यो मृत्युको मुखमा कसरि एकै चिहानमा आईपुग्यौ’ – नजिकै रगतले भिजेर लडिरहेकी प्रेमा देखे पछि अनायास यि वाक्य फुस्किएको थियो उसको मुखबाट । ऐया ऐयाको सानो आवाज आईरहेको थियो । परिचित जस्तो लाग्ने आवाजलाई साहारा ठानेर प्रेमाले बल्लतल्ल आखां उघारिन् । हातका सहारा मागिन् । उसले हात दियो र टुक्रुक्क बसायो । रगतका भेलसंगै बलिन्द्रा आंसु झार्दै प्रेमाले सुस्कुराईन् ‘तिमी अरबको खाडीमा दुःख झेल्न जान लागेको थाहा पाएर मन थाम्न सकिन अनि तिमीलाई रोक्न म पनि त्यहि बसमा चढेको थिए ।’ उसले बल्ल प्रेमाको प्रेम चाल पायो । अंगालो भरि बाधिंए । लामो समय रोई रहें । हामीसंगै बाच्ने नजुरेर होला सायद सगैं मर्न चाहिं लेखेको रहेछ । दुबै भावबिह्वल भए । दुर्घटनास्थलमा उद्धारकर्ताहरु आईसकेका थिए । उद्धार भईरहेको थियो । दुर्घटनामा १७ यात्रुको मृत्यु भई सकेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्