२०८१ श्रावण १२
                           

जनै पूर्णेमा ,शार्दुलबीक्रिडीत छन्द     

घनश्याम नेपाल  -शीतल चौतारा साँगाचोकगढी ४ कुबिण्डे ढुंगेकुवा 

गायत्री अति जाप गर्छ जसले त्यो पुग्छ बैकुण्डमा

हाम्रो बेद छ साक्षि सत्य महिमा देखाउँने माझमा ।                      

जो ब्राम्मण् कुलमा ठुला ति ऋषिका सान्तान धेरै हरु

जन्मे कस्यपका वडा ति कुलमा छन् बर्णहेरू अरु ।

जस्ले लाख झनै पुर्‌याउँछ भने त्यो मन्त्र जाप्दै कन

त्यो पुग्ने छ सरासरै कन अहो ! बैकुण्ड धामै महाँ ।

रक्षाबन्धन गर्न वर्णहरु जे जे जे भएता पनि

हो आरोग्य हुनेछ बर्ण सवमा यस्तो छ यो चाड् अनि ।

डोरो बाँध्न भनेर हर्ष मनले सारा यि हाम्रा जन

येन् बद्धो भनि तेन त्वां भनि बलीराजा पुकार्छौ झन ।

बाचामा प्रतिबद्ध भै कन बसे राजा ठुला जो बली

आफैँ जो लुटिँदा पनि बचनको संम्मान् बढेथ्यो चुली ।

चाहे देश विदेश होस अथवा हामी रहन्छौँ जहाँ

लाऊँछौँ अति हर्ष मानि यि जनै बानेर डोरो त्यहाँ ।

धागोमा अहिले त्यही बचनको बाचा बनेझैँ बन्यो

हो हो सत्य ठुलो रहेछ प्रभु हे जाप्दै छु गायत्रि हो ।

 

प्रतिक्रिया दिनुहोस्