२०८१ श्रावण १२
                           

ठेकेदारले अबरोध गरेको लोकमार्ग प्रहरीले खुलायो

ठेकेदारले अबरोध गरेको लोकमार्ग प्रहरीले खुलायो

-अशोक पराजुली
चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत निर्माणाधिन मध्यपहाडी लोकमार्गको एक्लेबेशीमा नगरपालिकाको दहत्तरबहत्तरको कर संकलन गर्ने ठेक्का अनुमती पाएको काली निर्माण सेवाले अवरोध गरेको सडक प्रहरीले खुलाएको छ ।
जिल्ला समन्वय समितिको संयोजनमा बैशाख १५ गते जिल्लाबाट प्रतिनिधित्व गर्ने संघिय सांसद,प्रदेशसभा सांसद,स्थानिय तहका पदाधिकारी,राजनितिक दलका प्रतिनिधि,सरकारी अधिकारीहरु सहितको संयुक्त बैठकले लकडाउनको पालना गर्दै सामाजिक दुरीलाई ख्याल गर्दै विकास निर्माणका काम संचालन गर्ने निर्णय गरेको थियो ।
विकास निर्माणका काम संचालन गर्न सम्बन्धित स्थानिय तहले समन्वय गरी पास उपलब्ध गराउने र त्यस कामका लागि आवश्यक निर्माण सामग्री ल्याउन परे निर्माण कार्यको निरन्तरताको लागि सहजिकरण गर्ने उप समितिले पास उपलब्ध गराउने निर्णय सँगै जिल्लामा सञ्चालित क्रसर उद्योगहरु सुचारु गर्ने निर्णय पनि गरेको थियो । ठेकेदारले अबरोध गरेको लोकमार्ग प्रहरीले खुलायो
निर्णयअनुसार निर्माण व्यबसायीहरुले पास लिएर निर्माण सामग्री ढुवानी गर्न समेत थालिसकेका छन् । तर चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत इन्द्रावती नदी तर्फको दहत्तरबहत्तरको ठेक्का पाएको काली निर्माण सेवाले भने सामग्री ढुवानीमा अवरोध खडा गरेको छ ।
निर्माण सामग्री ढुवानी गर्न नदिन सडकमा ठुलाठुला ढुङ्गा राखेर अवरोध खडा गरेको ठेकेदार कम्पनीले ट्रिपरलाई समेत आउजाउ नगर्न चेतावनी दिएको एक चालकले जुगल खबरलाई बताए । यस सम्बन्धमा काली निर्माण सेवाका प्रोपाइटर हेम बहादुर बुढाथोकीसँग बुझ्दा उनले सडक अवरुद्द गरेको कुरा स्विकार गरे । उनले भने “हामीले लकडाउन अवधिमा रसिद काट्दैनौँ । नगरपालिका अथवा प्रदेश अथवा संघिय सरकारले मलाई चैँ यो लकडाउन अवधिभरीको मिनाहा माफी दिन्छ भने दिन्छ नत्र म त अदालत जानुपर्छ । त्यसैले म रसिद काट्दिन । रसिद नकाटि जानका लागि नदिन त्यसो गरिएको हो । लकडाउन अवधिभर हामी रसिद काट्दैनौँ । रसिद नकाटी जाने ट्रिपरलाई प्रहरीमा खबर गर्छाैँ, प्रहरीले जे गर्छ गर्छ ।” ठेकेदारले अबरोध गरेको लोकमार्ग प्रहरीले खुलायो
स्थानिय तहले व्यबसायीसँग ठेक्का सम्झौता गरिसकेपछि विभिन्न बहानामा व्यबसायिक नाफा घाटाको आँकलन गरी कर संकलन गर्दैनौँ, गाडी गुड्न दिँदैनौँ भन्न नपाइने एक व्यबसायीले बताए । सडक अवरुद्द गरिएको बिषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख तथा एसपी प्रज्वल महर्जनले कसैले पनि सडक अवरुद्द गर्न नपाइने र त्यस बिषयमा आवश्यक जानकारी लिने बताए । प्रहरी प्रमुख महर्जनसँगको कुराकानीपछि प्रहरी चौकी साँगाचोकबाट प्रहरी सहायक निरिक्षक रामशरण तामाङ्गको नेतृत्वमा गएको टोलीले क्रसरबाट लोडर ल्याइ अवरुद्द सडक खुलाएको हो ।
प्र.स.नि. तामाङ्गले ठेकेदार बुढाथोकीलाई यसरी सडक अवरोध नगर्न र अब आइन्दा सडक अवरोध गरेमा नियन्त्रणमा लिएर मुद्दा चलाइने कुराको जानकारी गराएको बताए ।
व्यबसायीक नाफा घाटाको बिषयलाइ लिएर एक व्यबसायीले सडक राजमार्ग नै अवरुद्द गर्नु आश्जर्यजनक घटना हो । अत्यावश्यक सामग्री ढुवानीका साधन, एम्ब्लेन्स समेत आउजाउ गर्न नसक्ने गरी सडक अवरोध गर्ने कार्य नितान्त गलत र गैरकानुनी भएकोले त्यस्ता कार्य गर्ने जो कोहिलाइ राज्यले कार्वाही गर्न सक्ने कानुनी प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्