२०८१ श्रावण १२
                           

सञ्चार रजिष्ट्रार सापकोटाले सार्वजनिक गरे एक वर्ष कार्यकालको गतिविधि (प्रदेश सरकारलाई झण्डै एक करोड रुपैया राजस्व संकलन गर्न सफल)

रेवती सापकोटा

बागमती प्रदेश मन्त्रिपरिषद्ले गएको वर्ष अप्रिल १० अर्थात २०७५ चैत २७ गते नेपालमा पहिलो सञ्चार रजिष्ट्रारको स्थापना गरेको थियो । यसको पहिलो नियुक्त रेवती सापकोटालाई गरीएको थियो । पहिलो सञ्चार रजिष्ट्रार सापकोटाले एक वर्ष कार्यभार पुरा गर्दा बागमती प्रदेशको सञ्चार रजिष्ट्रारले गरेका गतिविधिहरुलाई सार्वजनिक गरेका छन्, ।

सापकोटाले औपचारिक जिम्मेवारी सम्हालेको बैशाख ९ गते एक वर्ष पुरा गर्ने समेत उल्लेख गरेकाछन्, । उनले सामाजिक संजाल फेसबुक मार्फत लेखेकाछन्, मुलुक संघीय संरचनामा गईसकेपछि सञ्चारको क्षेत्रमा केहि परिणाममुखी काम गर्नु पर्ने जिम्मेवारी र दायित्वका कारण यो अवधिमा १२ देखि १८ घण्टा काम गरेर केहि परिणाम निस्किएको उल्लेख गरेकाछन्, ।

यो अवधिमा करिब एक सय जना पत्रकारले सफ्टवेयर मार्फत परिचयपत्र प्राप्त गरेको उल्लेख छ । यस्तै यो यो वर्ष प्रदेशबाट चार वटा टेलिभिजनले इजाजत लिएका छन् भने प्रदेशबाट चार वटा एफ एम रेडियोले पनि इजाजत लिएको उल्लेख गरीएको छ । प्रदेश सरकारलाई झण्डै एक करोड रुपैया राजस्व संकलन गर्न सफल भएको बताउदै सापकोटाले एउटा कोठाबाट सुरु भएको कार्यालय अहिले हेटौडा र काठमाडौमा स्थापना भएको समेत उल्लेख गरेकाछन् ।

यो अवधिमा ६० जना पत्रकारले मोबाइलबाट पत्रकारिता गर्ने तालिम प्राप्त गरेको र लेखन तथा प्रसारण वृत्ति कार्यविधि स्वीकृत गराई २० जना पत्रकारले लेखन तथा प्रसारणवृत्ति पाएको उल्लेख छ । पत्रकारिता र सूचना प्रविधिमा शोधपत्र तयार गर्न सहयोग गर्ने कार्यविधि स्वीकृत भएर निवेदन प्राप्त भइरहेको पनि उल्लेख छ । प्रदेशको सूचना बैंक बन्ने प्रक्रिया सुरु भएको उल्लेख गदै सापकोटाले असार मसान्तसम्म प्रदेशका केन्द्रीय निकायको सूचना बैंकबाट प्राप्त गर्न सक्ने तयारी रहेको बताउनु भएको छ ।

अनलाइन पत्रकारिता र डिजिटल साक्षरतामा विज्ञ लेखकबाट पुस्तक तयार गर्ने काम हुँदै गरेको बताउदै बागमती प्रदेशको आमसञ्चारको अवस्थाका बारेमा सर्भेक्षण भइरहेको पनि उनले बताएकाछन् । यस्तै उनले यो वर्ष गरेका गतिविधिहरुमा विपद् तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रमको कार्यविधि स्वीकृत भएको, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र श्रमजीवी पत्रकारको अवस्थाका बारेमा अन्तक्र्रिया भएको,पत्रकार कल्याण कोष सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको तर यसमा केहि नीतिगत निर्णय गर्न बाँकी रहेको बताएकाछन्, ।

संघ र प्रदेश वीच समन्वयका लागि गर्नु पर्ने केहि नीतिगत निर्णयको पहिचान भएको बताउदै प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐनमा देखिएका समस्यालाई सम्बोधन गर्न ऐन संशोधनको मस्यौदा तयार भएको पनि उल्लेख छ । कोभिड १९ संक्रमणका कारण एक महिनादेखि कोठाभित्र बसेर कार्यहरु भएको बताउदै उनले धेरै कार्यक्रमहरु अवरुद्ध भएको समेत उल्लेख गरेकाछन् । सापकोटाले प्रदेश तहमा सञ्चार रजिष्ट्रारको कार्यालयको कामका लागि केहि अनुभव र केहि सिकाई प्राप्त भएको बताउदै आगामी दिनमा अझ सक्रियताका साथ लागिपर्ने बताएकाछन्, ।

  (सिधाखबरबाट)

प्रतिक्रिया दिनुहोस्