२०८१ आश्विन २
                           

तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

असोज ११, नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य नाका तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापनको कार्य पहिलो पटक निजी क्षेत्रमार्फत संचालनमा आएको छ ।
समिति र ट्रान्स सिल्कबीच गत भदौ २९ गते बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थान गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ट्रान्स सिल्कले औपचारिक रुपमा सोमबार बन्दगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
सोमबार आयोजित लार्चा स्थित सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको उद्धघाटन समारोहका प्रमुख अतिथि च्याम्बर अफ कमर्शका पूर्व अध्यक्ष तथा पूर्व पर्यटन राज्यमन्त्री डा.राजेशकाजी श्रेष्ठले कार्यक्रमको समुद्घाटन गदै भन्नुभयो,‘ चीनतर्फ सानो समस्या आउने वित्तिकै नाका बन्द हुने भएकाले सरकारले आफ्नो क्षेत्रमा सडक समेत मर्मत नगरेर झनै समस्या बनाएको छ ।’
यस्तैे कार्यक्रमका सभापति एवम ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडका डाईरेक्टर रमेश शेर्पाले सुख्खा बन्दरगाहको व्यवस्थापकीय जिम्मेवारीका लागि आफू एक्लैले गर्न सक्ने भएपनि विराटनगरको ट्रान्स नेपाल जेवी भन्ने कम्पनीको समेत फर्म राखेर टेन्डर प्राप्त गरेको बताउनुभयो ।
यो बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापन कार्य निजी क्षेत्रलाई दिन समितिले गएको जेठ ११ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसमा फ्लास फ्रेट लजिस्टिक, भ्याली टर्मिनल जेभी काठमाडौँ र ट्रान्स नेपाल जेभी विराटनगरले आवेदन होलेका थिए । प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट सबैभन्दा बढी अंक प्राप्त ट्रान्स नेपाल जेभी विराटनगर छनोट भएको हो ।
ट्रान्स सिल्कले बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गरेवापत समितिलाई पाँच वर्षको ११ करोड ७० लाख रुपैयाँ बुझाउने छ । बन्दरगाह सञ्चालन, सरसफाई, गोदाम व्यवस्थापन, लोड÷अनलोड, पार्किङ व्यवस्थापन लगायत काम अब ट्रान्स सिल्कले गर्ने छ । निजी क्षेत्रलाई जिम्मेवारी दिएसँगै तातोपानी सुख्खा बन्दरगाह भन्सार व्यवस्थित ढंगले सञ्चालन हुने समितिको दाबी छ ।
आगामी पाँच वर्षको लागि यो सुख्खा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स सिल्क टर्मिनल प्राइभेट लिमिटेडलाई दिइएको इन्टर मोडेल यातायात विकास समितिले यसअघिनै घोषणा गरिसकेको थियो ।

दशैको मुखमा तातोपानी नाकाबाट रोकिएका कन्टेनर मात्रै भित्रिन्छन्
तातेपानी नाका आंशिक रुपमा खुल्ला भए सगै अहिले तातोपानि नाकाबाट चीन क्षेत्रमा रोकिएका कन्टेनर मात्र भित्रीयका छन् ।
नेपालिहरुको महान चार्ड दशै तिहारको मुखमा व्यापारीहरुले सोचे अनुसार सामान भित्राउन नपाउँदा विकल्प सोच्न थालेका छन् । बिषेश व्यापार हुने समयमा आवश्यक लगाएतका सामाग्री बोकेका कन्टेनर नभित्रिदा व्यापारीहरुले हरेक वर्ष यो समस्या झेल्दै आईरहेका छन् । साथै नाकाको सडक वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मतमा सरकारको ध्यान जान अझै सकेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्