२०८१ श्रावण १२
                           

ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा उद्घाटन तथा प्राण– प्रतिष्ठा राब्ने पुजा सम्पन्न

सिन्धुपाल्चोक, ६ पुस

हेलेम्बु –२ स्थित ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा उद्घाटन तथा प्राण– प्रतिष्ठा राब्ने पुजा कार्यक्रम सम्पन्न भएको छ । आज सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत,पूर्व कानुन मन्त्री शेरबहादुर तामाङ,बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिर लगायत धर्म गुरुहरुले उद्घाटन गर्नुभयो कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले गुम्बामा तारबारको लागि ८ लाख विनियाजन गरेको बताउँदै आवस्यक बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस बर्ष हेलम्बु गाउँपालिकामा २६ करोड भन्दा बढि रकम बिनियोजन भएको बताउँदै मन्त्री बस्नेतले यहाँको विकासमा सधै लागिरहेको बताउनुभयो । उहाँले यहाँका गुम्बा, मठमन्दिर, स्वास्थ्य चौकी बनाउन लागि परेको जानकारी दिनुभयो । मन्त्री बस्नेतले ३२ हजार स्वास्थ्यकर्मीको दरवन्दि थप्ने काम भइरहेको छ । सुनाउनुभयो । कार्यक्रममा पुर्व मन्त्री शेरबहादुर तामाङले सरकारले हेलम्बुको ब्यथा नदेखेकोे बताउनुभयो ।

पुर्वमन्त्री तथा नेकपा एमालेका स्थाई कमिटि सदस्य तामाङले हेलम्बु मेलम्चीको बाटो तहसनसह भएको र यस क्षेत्रमा सरकारले चासो नदेखाएको बताउनुभयो । उहाँले सरकारले काठमाण्डौमा पानीको धाराको टुटी खोल्यो तर हेलम्बुको बेथा नदेखेको प्रति चिन्ता ब्यक्त गर्नुभयो । गुम्बा जति ठडाउँछौँ त्यतिनै हाम्रो शिर ठडिन्छ भन्दै तामाङले सरकारले धरहरा बनाउन चासो देखायो तर गुम्बा निर्माणमा चासो नदेखाएको बताउनुभयो । भुकम्पले हेलम्बुका धेरै कुराहरू क्षति भएको बताउँदै उहाँले गुम्वा उद्वाटन भएकोमा खुसी ब्यक्त गर्नुभयो । भुकम्प पछि सबै राजनीतिक दलहरू एक भएकाले नाकोतेको गुम्बा निर्माण पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

हेलम्बुको बिकासको लागि २०,३० लाख बजेट मात्र हाल्ने काम भएको तर दिर्घकालिन रूपमा काम नभएको उहाँको भनाई छ । सबै राजनीतिक दल मिलेर हेलम्बुको बाटो पिच गर्न तर्फ लाग्नु अहिलेको हेलम्बुको माग भएको उनले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङले राम्रो परिणाम आउनेगरि काम गरिरहेको बताउनुभयो । तामाङले चुनावी प्रतिवद्वताहरू पूरा गर्न शुरू गरिसकेको बताउनुभयो । निर्वाचित भएको १ बर्षमा आफ्नो क्षेत्रको प्रत्येक वडामा ३,४ करोड बजेट ल्याउन सफल भएको उहाँले दावी गर्नुभयो ।

माघ देखि तिब्र गतिमा काम शुरू भएको बताउँदै यस बर्ष बजेट नपरेको ठाउँमा अर्काे बर्ष बजेट विनियोजन गर्ने तामाङले प्रतिबद्वता ब्यक्त गर्नुभयो । ५ बर्ष भित्र सबै प्रतिबद्वता पूरा गर्ने उहाँको भनाइ छ । ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा नागरिक स्तर बाट बनेको र यो देशकै नमुना गुम्बा हुनसक्ने तामाङले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका पुर्व मन्त्री निमा लामा , शरण नायक श्रद्धेय धर्म गुरुद्वय क्याब्जे पाल्युल ल्हाटुल रिन्पोछे र ङवाङ तेन्जिन रिन्पोछे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्