२०८१ श्रावण १२
                           

मुखियाको हत्यामा संलग्नहरु पक्राउ

मुखियाको हत्यामा संलग्नहरु पक्राउ

भारत बिहार घर भई जिल्ला पर्सा पोखरीया न.पा. ८ का ३७ बर्षिय राजकुमार मुखियाको हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ।  पौषको ७ गते ईन्द्रावती गाउपालिका ५ लामाटोलका पुर्ण वहादुर तामाङको घर ढलानको काम सकेर मेलम्ची तर्फ फर्कने क्रममा मुखियालाई उनका सहकर्मीहरुले कुटपिट गरेका थिए । उक्त दिन पुर्ण वहादुर तामाङको घर ढलानको काम सकेर भोज खाने क्रममा अत्यधिक मादक पदार्थ सेवन गरी राति ११ बजको समयमा ना ७ त २०९५ नंम्वरको ट्याक्टरमा मेलम्ची तर्फ फर्कने क्रममा मुखियालाई कुटपिट गरेका थिए । गम्भिर घाईते मुखियाको मेलम्ची तर्फ लैजादै गर्दा चप्लेटि पाखेमा मृत्यु भएपछि ठेकेदार समिर मियाको मिलेमतोमा पर्सा जिल्ला बिरगंज महानगरपालिकाका रानीघाटका प्रेम यादव, सोही स्थानका भोला माझी साह, राजेश मेष्तर, राजन साह, अशोक साह, पर्सा बहुअरी गा.पा. बिनोद पासवान, रुपन्देही जिल्ला तिलोत्तमा न.पा.का सन्तोष थापा मगर लासलाई पाखामानै फालेर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार हत्या भएको १० दिनपछि  शव सडक भन्दा अन्दजी ५० मिटर तल खोल्छामा सदेगलेको आवस्थामा देखेपछि स्थानियले ईलाका प्रहरी कार्यलय मेलम्चीमा खवर गरेका थिए। लासको अवस्था हेर्दा हत्या गरेको हुन सक्ने आधारमा प्रहरीले अनुसन्धान सुरु गर्योे । पौषको १७ गते केहि अभियुक्तलाई फटकसिलामा लुकिछिपि हिडिरहेको अवस्थामा र पौष २२ गते मुख्य अभियुक्त प्रेम यादवलाई पर्सा प्रहरीको समन्वयमा पक्राउ गर्न प्रहरी सफल भयो । हत्या गर्ने समुहका ठेकेदार समिर मिया अझै फरार रहेकोले खोजि कार्य जारी छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको काफ्लेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्