२०८१ श्रावण १२
                           

प्रेस संगठन सिन्धुपाल्चोकले पायो पूर्णता

अर्जुन शर्मा
चौताराः प्रेस संगठन सिन्धुपाल्चोकले पूर्णता पाएको छ। मंगलबार प्रेस संगठन सिन्धुपाल्चोकको प्रथम एकता भेलाबाट संगठनले पूर्णता पाएको हो। संगठनले २५ सदस्यीय कार्यासमिति बनाएको छ।

भेला संगठनको नेतृत्वमा संयोजक विदुर आचार्य, सहसंयोजक असोक पराजुली र सदस्य क्रमशः रमेश पराजुली, अर्जुन शर्मा, निर्मल बस्नेत, केशव अधिकारी, सुन्दर शिरिष, दिपक खत्री, गोमा खत्री, केशव थापा, सन्तोष चौलागाई, नारायण पराजुली रहेका छन्।

यस्तै, सुनीता रखाल मगर, मिना दुलाल, मिङ्मार ग्याल्वु लामा, दिपक देउजा, दिपिन ढुङ्गाना, यसोधा अधिकारी, देवराज सुवेदी, बाजुराम थापा, गोविन्द नेपाल, सुनिता लामा, तारानाथ नेपाल, जीवन बाँनीया रहेका छन्। यस्तै एक सदस्य आगामि बैठकले तोक्नेछ।

संगठनको कार्यसमितिलाई प्रेस संगठनका केन्दीय सदस्य माधव नेपालले सपथ खुवाएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै नेकपाका केन्दीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा देशबन्धुले पत्रकारिता क्षेत्रको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे। सामाजिक सञ्जालले सूचना प्रवाहमा गलत सन्देश प्रवाह गरेको समेत प्रष्टाए।

यस्तै, पत्रकारिता क्षेत्रको बढ्दो विकृत्ती मौलाएको पूर्वं सांसद सुभाष कर्माचायले जनाए। पत्रकाििरता क्षेत्रले मनलाग्दी रुपमा समाचार प्रवाह गर्ने गरेकोमा असतुष्टि जनाए।

संगठनको गतिविधिमा तिव्रता पाउँने
संगठनको भेला पछि बसेको बैठकले पत्रकारिता क्षेत्र र संगठनको गतिविधिलाई तिव्र रुपले अगाडी बढाउँने निर्णय गरेको प्रेस संगठनका जिल्ला संयोजक विदुर आचार्यले जनाए।

‘संगठनको गतिविधि अहिलले शून्य अवस्थामै थियो। पार्टी एकतापछि प्रथम एकता भेला भयो। यसले अव संगठनको गतिविधिलाई तिव्रता दिन्छ’ उनले भने।

बैठकले तत्कालै कार्यालय सञ्चालनमा ल्याउने निर्णय समेत गरेको सह संयोजक असोक पराजुलीले जानकारी दिए। माघ दोस्रो सातासम्म संगठनको पहिलो बैठक बस्ने निर्णय समेत गरेको प्रष्टाए।

प्रतिक्रिया दिनुहोस्