२०८१ श्रावण १२
                           

गुफाडाँडामा पुन ७८ झण्डा फहरिने

चौतारा गत साल पौष १५ देखि १७ सम्म राष्ट्रिय जलवायु सम्मेलन भएको मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष राष्ट्रिय जलवायु दिवस मनाईने भएको छ ।
गत बर्षको त्यस अवसरलाई स्थायित्व गर्न र उक्त ठाँउको प्रचारको लागि पुन यसबर्ष पनि पौष १८ गते जलवायु दिवसका अवसरमा गुफाडाँडामा विविध कार्यक्रम गर्न लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले बताए । उनले भने ‘हरेक साल यस ठाउँमा जलवायु परिवर्तनको प्रभाव र असरको बारेमा छलफल हुने गरि सिङ्गो मुलुककै ध्यान आकृष्ट हुने गरि कुनै न कुनै गतिविधि सन्चालन गरि रहने छौ ।’
जलवायु दिवस, शैक्षिक सम्मेलन तथा भ्रमण बर्ष २०२० मनाउने उद्देश्यले गर्न लागिएको उक्त कार्यक्रममा गत बर्षको झै ७८ वटा झण्डा फहराउने भएका छन् । ७७ वटै जिल्लका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा ७७ र नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले १ गरि कुल ७८ वटा झण्डोत्तलन गर्ने, पालिका स्तरिय वत्तृत्वकला गर्ने,जलवायु प्रतिमामा पुष्पगुच्छा समेत अर्पण गर्ने तथा सार्क खेलमा स्वर्ण पदक जित्ने सिन्धुपाल्चोकका सम्पुर्ण खेलाडीलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।
उक्त कार्यक्रम गत बर्षको झै भव्य नभएतापनि ऐतिहासिक हुने र यसको तयारीमा तिब्र रुपले लागिरहेको जिल्ला समन्वय समिति सिनधुपाल्चोककी उपप्रमुख बालकुमारी सापकोटाले बताइन ।
उक्त अ‍ैतिहासिक कार्यक्रमको उदघाटन भने नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गर्नुहुने भएको छ । गत वर्ष भने राष्ट्रपति बिद्यादेवी भण्डारीले गुफाडाँडामा आई राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्