यो वर्षको माध्यामीक शिक्षा परिक्षा (एसइई) २०७६ चैत ६ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डले परिक्षा तालिका सार्वजनीक गर्दै सो जानकारी दिएको हो ।
तालिका अनुसार चैत ६ गते विहीबार अनिवार्य नेपाली विषयको परिक्षा हुनेछ । विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परिक्षामा चैत ७ गते शुक्रबार भने अनिवार्य अंग्रेजी विषयको परिक्षा हुनेछ ।
त्यसपछि चैत ९ गते आइतबार अनिवार्य गणित, १० गते सोमबार अनिवार्य विज्ञान, ११ गते मंगलबार अनिवार्य सामाजिक अध्ययन विषयको परिक्षा हुनेछ । चैत १२ गते अनिवार्य खण्डको स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परिक्षा सकिएपछि अनिवार्य खण्डको परिक्षा सकिनेछ ।
चैत १३ गते विहीबार भने साधारण तथा संस्कृत तर्फका सबै ऐच्छिक प्रथम पत्रका विषयहरु र प्राविधिक तर्फ ऐच्छिक गणित विषयको परिक्षा हुनेछ । १४ गते शुक्रबार साधारण तथा संस्कृतका विद्यार्थीले एैच्छिक द्धितिय पत्रका विषयहरुको परिक्षा दिएपछि लिखीत परिक्षा सकिनेछ ।
प्राविधिक तर्फ भने अध्ययन गरेको विधा अनुसार शनिबार सहित थप तिनदिन विभिन्न विषयको परिक्षा सञ्चालन हुनेछ । परिक्षा सम्बन्धी थप जानकारीको लागि परिक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np मा हेर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्