२०८१ श्रावण १२
                           

सम्पन्न भयो राम्चे सहकारीको १४ औं वार्षिक साधारण सभा

सुरेस तिमल्सिना , असोज ११ । राम्चे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बाह्र्बिसे नगरपालिका वडा नं ९ मा अवस्थित संस्थाले वडा अध्यक्ष कृष्ण बहादुर राजमाझीको प्रमुख आतिथ्यतामा सरस्वती माध्यामिक बिद्यालयको प्राङ्रगणमा कार्यक्रम गरेको हो । वडाका अध्यक्ष राजमाझीले नगरपालिकाको उत्कृष्ट सहकारीको रुपमा रहेको राम्चे सहकारीलाई नगरपालिका परिवारको तर्फबाट आगामी यात्रा अझै सफल रहोस् भनी शुभकामना प्रदान गर्नुभयो।

संस्थाका अध्यक्ष केदार तिमल्सिनाले संस्थाको १५ औं वर्षमा प्रवेश गर्दा वर्षै पिच्छे शेयर सदस्य सङ्ख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको बताउनुभयो । संस्थाले शेयर सदस्यहरुको बिश्वास अझै बढाउदै लैजाने र कार्यक्रम भएको हललाई संस्थाको तर्फबाट अझै ब्यबस्थित बनाउने प्रतिबद्धता तिमल्सिनाले जनाउनुभयो।

यसैगरी संस्थाले अन्य वर्ष झै यो वर्ष पनि विभिन्न विधामा आधारित रहेर सम्मान प्रदान गरेको थियो । सम्मान प्राप्त गर्नेमा उत्कृष्ट बचतकर्ता रामकाजी पौडेल , उत्कृष्ट बाल बचतकर्ता तर्फ ओशिस रायमाझी , असल ऋणि चक्र बहादुर नेपाली , व्यवसायी ऋणि महिला तर्फ सावित्री मगर यसैगरी पुरुष तर्फ प्रेमकाजी श्रेष्ठ , उत्कृष्ट करोबारकर्ता तर्फ बिष्णु सुवेदी , सरस्वती माध्यमिक बिद्यालयमा अध्ययनरत उत्कृष्ट पुर्णाङ्क ल्याउने विद्यार्थीहरु छात्रामा सन्ध्या भण्डारी साथै छात्र तर्फ सुदिप तिमल्सिना , सामाजिक सेवा पुरस्कार तर्फ सुरेस तिमल्सिना , साथै वडाका जनप्रतिनिधि तर्फ वडा अध्यक्ष कृष्ण बहादुर रायमाझी , वडा सदस्य पदममाया तिमल्सिना , मनबहादुर तामाङ , अस्मिता नेपाली , डम्बर बहादुर नेपाली सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्