२०८१ श्रावण १२
                           

सुनकोशी दुर्घटन: ६ जनाको सामुहीक अन्त्येष्ठी, चालक अझै सम्पर्कविहीन

आइतबार सुनकोशी दुुर्घटनामा मृत्यु भएका १५ जना मध्ये ६ जनाको सोमबार सुनकोशी नदी किनारमा सामुहीक अन्त्येष्ठी गरीएको छ ।

सिन्धुपाल्चोक जिल्ला जुगल गाँउपालिका –७, याङ्लकोटका ५ जना र बलेफी गाँउपालिका–५, चिम्लीङका १ जना गरी कुल ६ जनाको सामुहीक अन्त्येष्ठी गरीएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

मृतकमध्ये ७ जनाको लाश पोष्टमार्टम सकेर आइतबार साँझ नै परिवारले बुुझेर लगिसकेको र एक जनाको भने परिवारले लाश बुभ्mन बाँकी नै रहेको प्रहरी निरीक्षक न्यौपानेले बताए ।

दुर्घटनाग्रस्त बसका चालक सुमन तामाङ अझैपनि सम्पर्कमा आएका छैनन् । चालक तामाङकी श्रीमती सुनीता तामाङको समेत मृत्यु भएको छ ।

सुनिताको लाश भने अझै पनि परिवारले बुभ्mन नआएको प्रहरीले बताएको छ ।

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालिका –१० का तामाङको मोबाइल स्वीच अफ रहेको र परिवारमा खोजतलास गर्दा समेत फेला नपरेको प्रहरीको भनाइ छ ।

आइतबार दोलखाको कालिञ्चोकबाट भक्तपूरतर्फ जाँदै गरेको बा.२ख. ४४६८ नम्बरको रिजर्भ बस आज बिहान सुनकोशी गाउँपालिकाको ६ किलोमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।

६ किलोबाट बस करिव ५ सय मिटर तल खसेर क्षतविक्षत भएको थियो ।

विभिन्न जिल्लाबाट गई भक्तपुर बस्नेहरु समुह मिलाई बस रिजर्भ गरी दोलखाको कालीञ्चोक भगवती मन्दिर दर्शन गएका गएका र फर्कने क्रममा सो दुर्घटना भएको थियो । दुर्घटनाको कारण खुलीनसके पनि तिव्र गती र चालकको लापरबाहीकै कारण दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफीक कार्यालयका प्रमुख राजेश दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्