२०८२ माघ ६

सिन्धुपाल्चोक जिल्ला अदालतद्वारा चौतारा साँगाचोकगढी नगरपालिकाको न्यायिक कार्यको अनुगमन

 सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला अदालतको टोलीले चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालन भइरहेका न्यायिक कार्यहरूको अनुगमन तथा निरीक्षण गरेको छ। अनुगमनका क्रममा नगरपालिकाको न्यायिक समितिबाट दर्ता भएका उजुरी, मेलमिलाप तथा मिलापत्र प्रक्रिया, निर्णय कार्यान्वयन, अभिलेख व्यवस्थापन र सेवा प्रवाहको अवस्था नजिकबाट अवलोकन गरिएको थियो ।

यस अवसरमा नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक सीता थापाले भने , “हामीले नागरिकमैत्री, पहुँचयोग्य र छरितो न्यायिक सेवा प्रदान गर्न निरन्तर प्रयास गर्दै आएका छौं । जिल्ला अदालतको अनुगमनले सुधारका आवश्यक क्षेत्रहरू पहिचान गर्न र हाम्रो कार्यसम्पादन अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याउनेछ।” ।

अनुगमन टोलीले स्थानीय तहमा प्रदान हुने न्यायिक सेवाको पारदर्शिता, समयमै निर्णय कार्यान्वयन र मेलमिलाप प्रक्रियालाई थप सुदृढ बनाउन आवश्यक सुझावहरू पनि प्रदान गरेको छ । अनुगमनमा जिल्ला अदालत सिन्धुपाल्चोकका जिल्ला न्यायाधीश रीता कुमारी बख्रेल सहित अन्य सदस्यहरू सहभागी थिए ।

 

स्वर्णयुगबाट

प्रतिक्रिया दिनुहोस्