२०८१ श्रावण १२
                           

१३ गते नै भाइटिका लगाइने

चौतारा- नेपालको राष्ट्रिय सम्बत्को रुपमा पहिचान बोकेको नेपाल सम्बतको नयाँ वर्ष ११४० आगामी कार्तिक १२ गते म्हपूजाबाट शुरु हुने र नयाँ वर्ष सिन्धु नेवाः खल सिन्धुपाल्चोक चौताराले साँस्कृतिक पहिचान सहित नयाँ वर्ष मनाउने भएको छ ।

 

नयाँ वर्षको अवसरमा परम्परागत नेवारी धिमे तथा बाँसुरी बाजागाजा सहित नेपाल सम्बत्को प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर सख्वाको रथारोहण चौतारा शहीदमञ्चबाट शुरु गरी चौतारा छापमा पुगी औपचारिक कार्यक्रम तथा शुभकामना आदान प्रदान र बेलुका दीपावली गरी हर्षउल्लासका साथ मनाउने निर्णय गरेको छ ।

यस वर्षको विक्रम सम्बत्को पात्रमा दीपावली (तिहार) पर्व मनाउने सम्बन्धमा विविधता पाएकोमा परम्परा देखि चली आएको संस्कृति अनुसार नै लक्ष्मी पूजा पछि म्हपूजा (नयाँवर्ष) कार्तिक १२ र भाईटिका कार्तिक १३ गते मनाउने निर्णय गरी सबैलाई सोही मितिमा भाईटिका गर्न सबै समुदायमा आव्हान गरेको नेवाः खलका नायो माधवलाल कर्माचार्यले बताउनु भयो ।

नेपाल संयुक्त राज्यसंघको सदस्य हुनका लागि प्रस्ताव गरेको समयमा आफ्नो मौलिक तथा राष्ट्रिय सम्बत भनी पेश गरेको नेपाल सम्बत राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा समेत प्रयोग भएको हुंदा यसको संस्थापक तथा राष्ट्रिय विभूति समेत रहनु भएका शंखधर सख्वाको प्रतिमा (मुर्ती) सहितको स्तम्भ चौतारा बजारको चोकमा राख्नका लागि नेवाः खलको कार्तिक ५ गते बसेको बैठकले निर्णय गरेको र प्रतिमाको सहयोगका लागि राष्ट्रिय विभूति शंखधर सख्वा प्रतिष्ठान भक्तपुरमा अनुरोध भएको सिन्धु नेवाः खलका छ्याञ्जे (सचिव) कमलचरण कक्षपतिले बताउनु भयो ।नेवार समुदायले १३ गते मात्रै भाइतिका लगाउने भएपछि सरकारले सो दिन समेत सार्वजनीक दिने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्