२०८१ पुष २९
                           

भीमटारमा कृषि, पर्यटन, ब्यापार, साँस्कृतिक महोत्सवको तयारी तिब्र

सिन्धुपाल्चोक । भीमटारको बगरमा हुने महोत्सवको तिब्र तयारी भइरहेको छ । महोत्सव पुष २५ गते देखि माघ १० गतेसम्म इन्द्रावती १२ स्थित भीमटार बगरमा हुदैछ । प्रथम इन्द्रावती वडा नं १२– कृषि, पर्यटन, ब्यापार, साँस्कृतिक महोत्सव २०८१ हुने भएको हो ।

पत्रकार सम्मेलन गर्दै आयोजक वडा नं १२ र व्यवस्थापकले महोत्सवबारे जानकारी दिइएको हो । वडाले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको वडाध्यक्ष सुरेन्द्र बहादुर दनुवारले बताए । उनले भिमटारमा पाइने मास लगायतको प्रदर्शनी गर्ने भएकाले कृषि, पर्यटन तथा ब्यापारमा टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

 

महोत्सव मुल आयोजक इन्द्रावती गाउँपालिका वडा नं १२, सह आयोजक पञ्चकन्या युवा समाज भिमसेन थान युवा क्लब ,ब्यवस्थापन औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपाल रहेका छन् भने संरक्षक इन्द्रावती गाउँपालिका रहेको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको दैनिक प्रस्तुती हुने समते आयोजकले जानकारी दिए । महोत्सवको उद्घाटन इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले गर्ने आयोजकले जनाएको छ । भीमटार बगरमा १५ दिन सम्म हुने महोत्सवमा विभिन्न पसल, ब्यापार, कृषि सामग्रीको स्टल राखिने बताइएको छ । साथै विभिन्न जातीय सांस्कृतिक झाँकी तथा पहिरन प्रदर्शनी हुनेछ । महोत्सव हेर्न आउनेहरुले चर्चित कलाकारहरुको प्रस्तुती हेर्न, संगै रोटे पिङ लगायत खेल्न पाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्