२०८१ श्रावण १२
                           

कालिदेवि संस्थापक भलिबल प्रतियोगितामा द्वित्तिय भएका खेलाडिहरुलाइ सम्मान

चौतारा नगरपालिकाले कालिदेवि संस्थापक भलिबल प्रतियोगितामा द्वित्तिय भएका खेलाडिहरुलाइ सम्मान गरेको छ । बडा दशैको शुभ-अबसरमा संचालन भईको पालिका स्तरिय भलिबल प्रतियोगितामा चौतारा नगरपालिका दोस्रो हुन सफल भएको थियो । उक्त खेलका चौतारा साँगाचोकगढि नगरपालिकाले पाँचपोखरि थाङपालधाप, बलेफि र इन्द्रावती गाँउपालिकालाई हराउदै फाइनलको यात्रा तय गरेको थियो भने फाइनल खेलमा मेलम्चि नगरपालिकासँग पराजय बेहोरेको थियो। उक्त सम्मान कार्यक्रममा बाेल्दै चौतारा साँगाचोकगढि नगरपालिकाका प्रमुख अमानसिं तामाङले नगरपालिका भित्र खेलाडिहरुको क्षमता बिकास र नयाँ खेलाडि उत्पादनको लागि सम्पुर्ण वडामा सुबिधा सम्पन्न खेल मैदान निर्माण गर्ने बताउनुभयो । अाफुले खेल नखेलेपनि खेलाडिहरु प्रति माया सद्भाव र सहयोग सधै भइरहने समेत उहाँले बताउनुभयो ।यश खेलले नगरपालिकाको ईज्जत बढेको र अझै सफलताको लागि नगरले गर्नुपर्ने सहयोगमा कन्जुस्याइँ नगर्ने समेत उहाँले बताए । यस्तै नगरपालिकाका प्रसासकिय प्रमुख इन्द्र बस्यालले खेलकुदको लागि समाज र परिवारले अझैपनि विश्वास र प्रोत्साहन नगरिरहेको अबस्थामा खेलाडि स्वयमको लगाव र लगनशीलता नगरको शिर उच्च राख्न सहयोग गरेकोमा बधाई ज्ञापन गर्नुभयो । उक्त खेलमा सहभागी खेलाडि र प्रशिक्षक सहित १४ जानालाइ जनहि ४ हजारको दरले नगद पुरस्कार समेतले सम्मान गरिएको थियो । उक्त कार्यक्रमको अवसर पारेर नगर खेलकुद समितिले खेलाडिको सुरक्षा र सहयोगको लागि अक्षय कोष समेत स्थापना गरेको छ । उक्त सम्मान कार्यक्रममा चौतारा नगरपालिका भित्र वडा अध्यक्ष नगर खेलकुद बिकास समितिका अध्यक्ष तथा खेलप्रेमिको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्