२०८१ श्रावण १२
                           

संविधान दिवसमा जे देखियो, (फोटो)

काठमाडौँ, ३ असोज  । संविधान जारी भएको चार बर्ष पुरा भयो । लामो कसरतपछि ०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । संविधान जारी भएको अवसरमा देशभरी विभिन्न कार्यक्रम गरी भव्यताको साथ मनाइएको छ ।

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरको छ । दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्ती केपी ओलीलगायत विशिष्ट व्यक्तिहरु उपस्थित रहेको थियो ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेका छन् । असोज २, ३ र ४ गते दीपावली गर्न  र घर घरमा राष्ट्रिय झण्डा राख्न सरकारले सबै नागरिकलाई आग्रह गरेको छ ।

संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नुपरेको थियो । संविधान जारी भएपछि भारतले नाकाबन्दी समेत लगाएको थियो ।

हेर्नुहोस् फोटो


फोटो : रासस

प्रतिक्रिया दिनुहोस्