२०८१ श्रावण १२
                           

जीवन त Lockdwon गर्न भएन नि !

अरुणा उप्रेती

कोरोना महामारीको यस्तो मोडमा हामी आइपुगेका छौं कि न त यसको कुनै अन्त्य देखिन्छ न यसलाई नियंत्रण गर्ने उपाय हामीसँग छ । यसको भ्याक्सिन बन्न २ वर्ष लाग्न सक्छ वा यो एड्सको जस्तै बन्दै नबन्न सक्छ ।
साबुन पानी र स्यानिटाइजरले यसलाई हातबाट पखाल्न सक्नु हुन्छ, सरसामान घर आँगनबाट धपाउन सक्छ । तर मानव समुदायसँग यो सहयात्री भइसकेको छ । जसरी अरू तमाम भाइरसहरू यहीको कोरोना प्रजातीको अरू भाइरसहरू हामीसँग वर्षौ देखिन्छन् । बन्दाबन्दी र थुनछेकबाट केही समय यो नदेखिएला, होलो हुने वित्तिकै बाँध फुटेर भेल आए जस्तै यो फेरी फैलिन्छ ।
के गर्ने त ?
यसैसँग जीउन सिक्ने । विस्तारै मानव समुदायका बहुसंख्यक मानिसको यस विरुद्ध लड्ने क्षमता (इम्युनिटी) विकास गर्छन् । अरू धेरै भाइरस जस्तै यसका धेरै पुस्ता (जब छिटो छिटो पार हुन्छन्) पछि यो पनि कमजोर हुँदै जान्छ । यसरी हामी बलिया हुँदै जान्छौं, यो दुर्वल हुँदै जान्छ र अरू तमाम भाइरसहरू जस्तै आफ्नो स्थान लिन्छ ।
यसरी मानव समुदायले यो भाइरससँग सहयात्रा गर्दा कतिलाई गम्भीर विरामी बनाउँछ र मृत्यु पनि हुन सक्छ । त्यसैले भाइरस फैलिने ठाउँको पहिचान गरौं, शिल गरौं, गम्भीर बिरामीलाई तत्काल उपचार गर्ने साधन सम्पन्न केन्द्र खडा गरौं । पूर्ण तयारीका साथ सकृय र स्वभाविक जीवन जीउँ ।
शरीरको रोग संग लड्नको लागि स्वास्थ्यकर खाना कह्नए, पत्रु खाना नखाने बानी गर्नु ठीक हुन्छ, यस्ता रोग सँग जीवन नै त खतम गर्नु भएन नि
नेपालका हरेक जिल्लामा यदी १० १० वस सक्रमण भएका मान्छे आउदो एक बर्षमा फेला परीहाल्छ्न् एक बर्षा सम्मा सबै बन्द गर्ने ?
यो वन्दावन्दी लामो समयसम्म कायम रह्यो भने कस्तो दुष्परिणाम लाग्छ भन्ने हामीले अझै आंकलन गरेका छैनौ । शुरुवाती लक्षण देखिन थालेका छन् । आर्थिक अस्तव्यस्तता त्यसबाट सृजित जीवन धान्नै नसकिने परिस्थिती, मानसिक विकृती, सामाजीक अस्तव्यस्तता, आदि कति छन् कति ।
त्यसैले वास्तविकलाई आत्मासात गरौं, कोरोनासँगको लडाईको रुप बदलौं यो लगातारको वन्दावन्दीको सट्टा सतर्कता, खतरा स्थानको पहिचान र रोकथाम, विरामी परेकालाई तुरुन्त उपचार गर्ने तयारी सहित पूर्ण आत्मविश्वासका साथ सहज जिन्दगी जीउ, यो त्रासबाट मुक्त होऔं ।

प्रतिक्रिया दिनुहोस्