२०८१ बैशाख १८

चौतारा ६ र इन्द्रावती २ जोड्ने बाहुनेबेसी ट्रस पुल सञ्चालनमा

२० जेठ, सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ र इन्द्रावती गाउँपालिका वडा नं २ जोड्ने बाहुनेबेसी झ्याँडीखोला ट्रस पुल सञ्चालनमा आएको छ ।

शनिबार चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले पुलको उद्घाटन गरेसँगै पुल सञ्चालनमा आएको हो । कार्यक्रममा सापकोटा प्रमुख अतिथि र इन्द्रावती गाउँपालिका प्रमुख झम्क नेपाल विशेष अतिथि थिए । स्थानीय जेष्ठ नागरिक, किसान र सम्बद्धहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पुल बनेपछिको खुसी साट्नेहरु बढी थिए ।

चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक तथा जनहित ग्रामीण सेवा समितिको प्राविधिक सहयोगमा निर्माण सम्पन्न पुलका कारण दुबै तर्फका स्थानीयलाई आवत जावतमा सहज भएको नगरप्रमुख सापकोटाले बताउनुभयो । कूल ४० लाख लागतमा निर्माण सम्पन्न भएको उक्त पुलले चौतारा ६ र इन्द्रावती २ लाई जोडेको छ ।

यस अघि २० बर्ष यता सो स्थानमा रहेको पुल निकै जिर्ण बनेको थियो । पुल उद्घाटन पछि संक्षिप्त मन्तव्य राख्दै चौताराका नगर प्रमुख सापकोटाले नगरपालिकाले आवश्यकताको आधारमा विकास कार्य अघि बढाइरहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्