काठमाडौँ, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास भवन शिल्यानास गरेका छन् । ललितपुरको भैसेपाटीमा निर्माण हुने आवास भवनको प्रधानमन्त्री ओलीले सोमबार उद्घाटन गरेको हुन् ।
प्रधानमन्त्रीले उद्घाटन गरेको प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवस भवन निर्माणपछि संघीय मन्त्रीहरुको मन्त्री निवास, स्टेट गेस्ट हाउस, ५ हजारको सभाहल बनाउने तयारी रहेको शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए ।
२७ रोपनी १२ आना जग्गामा बन्न लागेको आवास भवन २ बर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । एक अर्ब २० करोड लागतमा सात वटा ब्लक, प्रत्येक ब्लकमा २ वटा भवन गरेर १४ वटा भवन बनाइनेछ । उनका अनुसार अत्यधुनिक भवन तीन तलाका हुनेछन् ।
जसमा भुइँतला सचिवालय, प्रतिक्षालय र गोप्य कोठाका साथै बैठक कक्ष, योगा कक्ष पनि हुनेछन् । ५० वटा गाडी अट्ने पार्किङ क्षेत्रको सुविधा समेत रहेको उक्त स्थानमा नीजि सुरक्षाकर्मीका लागि समेत छुट्टै व्यवस्थापन गर्नेगरी भवन बनाइने छ ।
हेर्नुहोस् फोटो :
फोटो : रासस
प्रतिक्रिया दिनुहोस्