२०८२ असार ४
                           

शनिबार रमेश प्रसाईँ चौतारा आउदै

सिन्धुपाल्चोक ,३ चैत
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का केन्द्रीय सदस्य सञ्चारकर्मी तथा अभियन्ता रमेश प्रसाईँ चौतारा आउँने भएका छन् । राज्यका वेथिती र विसंगतीका विरुद्ध बुलन्द आवाज उठाउदै जनतालाई सुसुचित गराउदै आएका रमेश प्रसाईँ शनिबार चौतारा आउने भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य समेत रहेका प्रसाईँ पार्टीको चौतारा साँगाचोकगढी नगरपालिका भेलालाई सम्बोधन गर्न शनिबार चौतारा आउने भएका हुन् ।

उहाँसँगै रास्वपा केन्द्रिय सदस्य ढाकाराम अर्याल, केन्द्रिय संगठक विभागका सचिव शंकर श्रेष्ठ, बागमती प्रदेश समितिका अध्यक्ष डा। अच्युतम लामिछाने लगायतका नेताहरुले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रम चैत ४ गते निर्माण व्यवसायी संघ, चौताराको सभाहलमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्