२०८२ असार ३
                           

भुकम्प पछि निर्मित डडुवा भवानीशंकर माध्यामिक विद्यालयको समुदायलाई हस्तान्तरण

पौष ७ —  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी — १४ ,डडुवामा निर्माण गरिएकोे श्री डडुवा भवानीशंकर माध्यामिक विद्यालयको भवन हस्तान्तरण गरिएको हो । विहिबार भएको औपचारीक कार्यक्रमकाबीच विद्यालय भवन समुदायलाई हस्तान्तरण गरिएको थियो । नेपाल सरकार र ए.डि.बि को आर्थिक सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , केन्द्रिय आयोजना कार्यान्वयन इकाइको विपद उत्थान शील विद्यालय परियोजनाको प्राविधिक सहयोग र समन्वयमा १६ कोठे भुकम्प प्रतिरोधी विद्यालय भवन बनेको हो ।

हस्तान्तरण पछि नव निर्मित भवनको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले शिक्षक ,अभिभावक ,विद्यार्थी र सरकार संगै रहेर शैक्षिक गुणस्तर कायम गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै वडा नम्बर १३ का अध्यक्ष एंव सामाजिक विकास समिति संयोजक राम प्रसाद गौतमले विद्यालयले सिकाई उपलब्धि वृद्धिमा सहयोग पुराउन विद्यार्थी र शिक्षकहरुको आचार संहिता लागु देखि दैनिक प्रशासकिय तथा शैक्षिक कार्यको लागी शिक्षकको कार्य विभाजन जस्ता विद्यालयको गतिविधिले शैक्षिक गुणस्तरको उकासेको उल्लेख गर्नुभयो ।

लेखा परीक्षणमा अहिलेसम्म बेरुजु नदेखिएको विद्यालय भित्र डडुवा भवानीशंकर माध्यामिक विद्यालय पर्ने गरेको भन्दै शिक्षा समन्वय इकाई प्रमुख कृष्ण सुवेदीले प्रशंसा समेत गर्नुभयो । ६ करोड ८६ लाखमा भवन निमार्ण सम्पन्न भएको बताउदै विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद नेपालले विद्यालयलाई खेलमैदान र जग्गाको कामीलाई पूर्ती गर्न नजिकको साउने खोल्सा पुर्न ह्युम पाइप राखी फराकिलो बनाउने प्रयास गरीएको बताउनुभयो ।

विहीबारको भुकम्पबाट क्षतिग्रस्त यस विद्यालयको पुन निर्मित भवनको हस्तान्तरण तथा समुद्घाटन समारोह विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा १४ नम्बर वडाका अध्यक्ष उद्धव नेपालको अध्यक्षतामा सम्पन्न भएको हो । कक्षा १२ सम्म पठनपाठन हुने यो यो विद्यालयमा अहिले २ सय ६८ जना विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्