२०८१ जेष्ठ ९

मन्त्री दुलाल मेलम्चीको निर्माणाधीन खेल मैदानको अनुगमन गदै

सिन्धुपाल्चोक ,८ वैशाख
अनुगमन गर्ने क्रममा बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री शुक्रबार युवराज दुलाल शरद मेलम्ची पुग्नुभएको छ । शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ स्थित बाहुनेपाटी बजार नजिकै रहेको निर्माणाधीन खेल मैदानको अनुगमन गर्नुभएको हो । गत बाढिले क्षतिग्रस्त मेलम्ची बजार र आसपासको नदि नियन्त्रण कार्यको अनुगमनका निम्ति मन्त्री दुलाल जिल्ला स्थित भौतिक पूर्वाधार बिकास प्रमुख,सडक पुल कार्यन्वयन आयोजना विज्ञ,जिल्ला सिंचाई प्रमुख लगाएतको टोली स्थलगत अनुगमनका लागी  पुगेका थिए ।


मेलम्ची र इन्द्रावतीमा आएको बाढीपछि जिल्लाको पश्चिमी भेगमा खेल गतिविधि बढे पनि राम्रो खेल मैदान अभावले खेल सञ्चालन गर्न असहज भईरहेको छ । जिल्लामा भलिबल, फुटबल, कराँते, क्रिकेट खेलको मोह बढ्दै गएको छ । जिल्लामा खेलप्रतिको आकर्षण धेरै छ ।तर खेल मैदानको भने अभाव नै रहेको छ ।

बाढिले क्षतिग्रस्त मेलम्ची बजार पहिलेकै अबस्थामा ल्याउन र स्थानिय जनतालाइ बिस्थापित हुने स्थितिको अन्त्य गर्नका निमित्त मन्त्री दुलाल सरकारी तहबाट निरन्तर रुपमा लागीरहनु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्