दिपक खत्री ÷ पौष १ , पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा पड्को मार्दै गरेको सिन्धुपाल्चोकको सुकुटे क्षेत्रलाई पर्यटकिय हव बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले विशेष चासो राखेको छ । राजधानी काठमाडौबाट ६७ किलोमिटरको दुरिमा रहेको सुकुटेलाइ व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उदेस्यले चौतारा साँगाचोकगढी नगरपालिकाले शुक्रबार सरोकारवाला निकायसंग अन्तरकृया सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य माधब सापकोटा सुबोधले सुकुटेले सिन्धुपाल्चोकलाई चिनाउन मद्दत गरेको बताउँदै त्यस क्षेत्रमा सञ्चालित होटल व्यावसायलाइ २४ सै घण्टा सञ्चालन गर्न बातावरण बनाउन पहल गर्ने बताउनुभयो ।
बागमती प्रदेससभा सदस्य सरलसहयात्री पौडेलले अरनिको राजमार्गमा पर्ने सुकुटे बजारले पर्यटकीय र धार्मिक दुबै महत्व बोकेको उल्लेख गर्दै यो क्षेत्रमा अरनिको र भृकुटीको प्रतिमा सहितको पार्क निर्माण गर्नसके ऐतिहासिक महत्वलाइ समेत जिवित राख्न मद्दत पुग्ने बताउनुभयो । अबको तिन महिना भित्रनै सुकुटे पर्यटन गुरु योजना बनाएर काम गर्न उहाँले नगरपालिकालाई सुझाव समेत दिनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले नगरभित्रको समग्र क्षेत्रको विकासमा आफ्नो ध्यान गएको बताउदै सुकुटे बजारलाइ अझै व्यवस्थित गर्दै पर्यटकीय हवको रुपमा विकास गर्ने नगरपालिकाले विशेष योजना ल्याउने उल्लेख गर्नुभयो । पर्यटन संगसंगै वातावरण स्वच्छ बनाउन फोहोर व्यवस्थापनमा व्यावसायिकहरुपनि जिम्मेवार हुनुपर्नेमा मेयर सापकोटाले आग्रह गर्नुभयो ।
बलेफि गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले लगानी र सुरक्षाको वातावरण स्थानिय सरकाले बनाउने हुँदा व्यावसायिकहरुले पनि आफ्नो दाहित्व पुरागर्नुपर्ने बताउनुभयो । व्यावसायिकहरुले सरकारलाई कर तिरिसकेपछि सुरक्षित र निर्वाद रुपमा व्यावसाय सञ्चालन गर्न पाउनुपर्नेमा जोडदिएका छन् ।
सिन्धु पर्यटन ब्यवसायी संघका अध्यक्ष समेत रहेका ब्यवसायी नारायण श्रेष्ठले किसान दुध दहि बेच्न नपाएर भौतारीरहेको र ब्यवसायी दुध किन्ने ठाँउ नपाएर हैरान हुनुपरेको बताउनुभयो । ब्यवसायी महेन्द्र थापाले सुकुटे आउने पर्यकलाई कालिमाटीको तरकारी किनेर खुवाउनुपर्ने बाध्यता रहेको बताउदै सुकुटेको पहिचानको लागी स्थानिय उत्पादनमा जोड दिन आवस्यक महसुस गरेको बताउनुभयो । कुक, वेटर , लेखा ब्यवस्थापन सम्बन्धी तालिम स्थानिय तहले दिएर स्थानिय स्तरमा दक्ष कर्मचारी उत्पादन गर्नपर्नेमा ब्यवसायीहरुले जोड दिएका छन् । सुकुटेम सित भण्डार निमार्ण गरी तरकारी संकलन गर्न ब्यवसायीहरुले नगरपालिकालाई सुझाव समेत दिएका छन् । सडक बक्ती , बिजुली ब्यवस्थापन ,ईन्टरनेट सेवा देखि सार्वजनिक शौचालय निमार्णमा ध्यान दिन सुझाव दिएका छन् । अन्तरकृया कार्यक्रममा उक्त नगरपालिकाका वडाध्यक्षहरु ,पर्यटन व्यावसायिक , होटल व्यावसायिक , स्थानिय र सञ्चारकर्मीहरुले आफ्नो धारणा राखेकाथिए ।
सुकुटे क्षेत्रलाइ पर्यटकीय हव बनाउने उदेश्यले ३ बर्ष अगाडि आयोजना गरिएको सुकुटे महोत्सवबाट पारित १० बुदे घोषणा कोरोना भाइरसका कारण कार्यान्वयनमा समस्या परेकोले आवस्यकता अनुसार ती घोषणालाइ कार्यान्वयनमा लानुपर्ने छलफलको निश्कर्ष रहेको थियो ।
अन्तरक्रीयाबाट स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकार मार्फत सम्पादन गरिने योजनाहरुको कार्यविभाजन समेत गरियो । साथै अन्तरक्रियाको निश्कर्षलाई कार्यान्वयन गर्न सात सदस्यीय कार्यदल समेत गठन गरीएको नगरपालिका उपप्रमुख सिता थापाले बताउनुभयो । हाइकिङ, रक क्लाइम्बिङ, स्विमिङ र सुनकोसी नदीको पानीमा डुबुल्की मारेर नुहाउन पर्यटक लोभिदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्