२०८२ असार ३
                           

पाखरवासी भन्छन् : जित निस्चित छ मंसिर ४ पछिकाे याेजना बनाउनुस् ´

कार्तिक २४ – प्रतिनिधि सभा निर्वाचनकाे समय सिमा नजिकिंदै गर्दा लाेकतान्त्रिक -वाम गठबन्धनले मतदाता भेटघाट तथा घरदैलाे कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएकाे छ । गठबन्धनले सिन्धुपाल्चोकका अधिकांस स्थानीय तहहरुमा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेकाे छ ।
पछिल्ला समय सिन्धुपाल्चोक प्रतिनिधि सभा १ अन्तर्गत प्रदेस सभा १ काे लिसंखुपाखरवासी मतदाताले गठबन्धन लाई आफ्नाे अमुल्य मत दिई जिताउन आतुर रहेकाे बताएका छन् । एकातिर गठबन्धनका उम्मेदवारहरु घरदैलाे गर्ने व्यस्त तालिकामा छन् भने अर्कातिर मतदाता आफुलाइ मनपरेकाे उम्मेदवार आफ्नाे घरआगनमा आउने खबर पाएपछि स्वागतकाे लागि फुलमाला उनेर बसिरहेका हुन्छन् ।

व्यस्त समय तालिका बनाएका प्रतिनिधि सभा १ का उम्मेदवार माधव सापकाेटा सुबाेध रातिसम्म मतदाता भेटघाटमै व्यस्त हुन्छन् । २ दिनकाे छाेटाे समयमै लिसंखु पाखर गाउँपालिकाकाे घरदैलाे सकाएका सापकाेटालाइ स्थानियले रातकाे ९/१० बजे सम्म घडा थापेर फुलमाला लिएर स्वागतकाे लागि कुर्ने गरेकाे पाइएकाे छ ।

अरुबेला बेलैमा खाना खाएर सुत्ने मतदाताहरु गठबन्धनका आशालाग्दा र भरपर्दा नेता सापकाेटालाइ आफ्नाे आँगनमन आउने खबरले बर्साैंपछि आफ्ना आफन्त विदेसबाट आएझैं गरि स्वागत सत्कारकाे तयारीगरि कुरिरहेका देखिन्छन् । अरुबेला पनि स्थानीयकाे सुख दुःखका साथि सापकाेटालाइ आफ्नाे मताधिकारकाे प्रयोग गरि ५ बर्षकालागि आफ्नाे प्रतिनिधिको रुपमा चुन्न पाउने याे माैका हाे भन्दै उत्साहित छन् ।

लिसंखुपाखरका मतदाताले गठबन्धनका उम्मेदवारकाे जित निस्चित भएकाले निर्वाचित भएपछि जनसेवामा गरिने कामकाे याेजना बनाउनतिर लाग्न सन्देस दिएका छन् । आफुले चुनावत जिताउने बताएकाे मतदाताले मंसिर ४ पछि निर्वाचित हुने संसदहरुकाे परिक्षाकाे घडी सुरुहुने बताएका छन् । निर्वाचित भएपछि बेलाबेलामा गाउँ फर्कन समेत मतदाताले गठबन्धनका उम्मेदवारलाइ सम्झाएका छन् ।
मतदाताकाे अपार माया र स्नेह पाएर उत्साहित देखिएका उम्मेदवार सापकाेटाबाट गाउँमा सबैभन्दा बढी घुमिरहने नेताकाेरुपमा आफुलाइ स्थापित गर्ने वचन पाएपछि मतदाता झनै गठबन्धनका उम्मेदवार जिताउन
उत्साहित देखिन्छन् । लिसंखु पाखरका मतदाताबाट यस्तै अर्गानिक माया पाएका गठबन्धनको तर्फबाट प्रतिनिधि सभा १ बाट उम्मेदवारी दिएका माओवादी नेता माधब सापकाेटा र प्रतिनिधि सभा १काे क बाट उम्मेदवारी दिएकि कांग्रेस नेत्रि मसिना खड्का उत्साहकासाथ मतादाता भेटघाटलाइ अन्तिम चरणमा पुर्याएकाे बाताउँछन् ।

छिटै घरदैलो अभियान सकेर निर्वाचनकाे सुक्ष्म तयारीमा लाग्ने याेजना बनाएका माधब सापकाेटाले निर्धक्क भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्