२०८२ असार ३
                           

गाई भैँसीको पोषण आहारका लागि प्रोत्साहन अनुदान

असोज २ — चौतारा साँगाचोकगढी नगरपालिकाले सुत्केरी गाई भैँसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको छ ।  नगरपालिकाले यो आर्थिक वर्षबाट सुत्केरी गाई भैँसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको हो ।

नगरपालिका अन्तर्गतको पशु सेवा शाखाको कार्यक्रम अनुसार साउन १ गतेबाट सुत्केरी भई दूध दिँदै गरेका गाई भैँसीलाई पोषण आहारका लागि  प्रोत्साहन अनुदान उपलब्ध गराइने छ ।

पालिकाभित्र दुधालु पशुपालनलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानको व्यवस्थापन गरेको पशु सेवा प्राविधिक रविन्द्र सापकोटाले बताउनुभयो । गर्भिणी र सुत्केरी भएको बेला पशुलाई पनि पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले नगरबाट अनुदान योजना ल्याइएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले प्रति सुत्केरी गाईभैंसी बराबर रु २५ सय नगद किसानलाई उपलब्ध गराइने छ । पोषण अनुदानका लागि किसानले सम्बन्धित वडाको सिफारिस पत्र, पशु बीमा पोलिसी प्रतिलिपि, सुत्केरी गाई वा भैँसीको बच्चासहितको रङ्गिन फोटो र सम्बन्धित पशु धनीको नागरिकताको प्रतिलिपि नगरपालिकाको पशु सेवा शाखामा बुझाउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्