२०८२ असार ३
                           

पर्यटनमा नमुना बन्दै हेलम्बु

जेठ२३ — थोरै खर्चमा हेलम्बु गाउँपालिकाको दर्जन पर्यटन योजना बनिरहेका छन् । आर्थिक बर्ष २०७९÷०८० का लागि हेलम्बु गाउँपालिकाले ३० करोड रुपैयाँ अनुदान पाउने भएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये हेलम्बु गाउँपालिकाको वार्षिक बजेट सबैभन्दा कम छ । हरेक आर्थिक वर्षको सरकारी बजेट कम भए पनि काममा भने हेलम्बुले उदाहरण नै प्रस्तुत गर्ने गर्छ । यहाँको आन्तरिक स्रोत पनि न्यून छ ।
प्राकृतिक सुन्दरता, धार्मिक तथा ऐतिहासिक पुरातत्त्व र अल्पसंख्यक ह्योल्मो समुदायको बसोवास रहेको हेलम्बु स्याउका लागि प्रख्यात छ । पर्यटन क्षेत्रमा भारी सम्भावना बोकेर बसेको हेलम्बुको प्रवर्द्धनका लागि गाउँपालिकाले दर्जन योजना अगाडि सारेको छ । तर, खर्च भने निकै नै कम । सबै योजनामा गाउँपालिकाले अगुवाइ गरेको छ । निजी क्षेत्रले जुटाएको खर्चले योजना अघि बढ्दै छन् । कोरोनापछि अहिले हेलम्बुको पर्यटन ब्यवसाय तङ्रग्रिन थालेको छ ।
गुम्बाको गाउँ, स्याउको सहर, होमस्टे हबजस्ता नामले चिनिइने हेलम्बुलाई पर्यटकहरूले रुचाएका छन् ।
हेलम्बु क्षेत्र गुरु रिम्पोछे र मिलारेपाको तपोभूमिका रूपमा पनि चर्चित छ । गुम्बाको शहर भनीने हेलम्बुमा द्येरै पर्यटकको आकषृणको केन्द्र यहाँका गुम्बाहरुपनि हुन् । गुम्बैगुम्बाको क्षेत्र भनेर चिनिइने हेलम्बुमा गुम्बा पुनर्निमाणपछि आन्तरिक तथा बाह्य पयर्टक बढेपछि यसको परिकल्पना गरिएको हो ।
पाँच हजारदेखि ६ हजार तीन सय मिटर उचाइसम्मको नौ मनमोहक हिमाल भएकाले गाउँपालिकाले यहाँ हिमाल आरोहण तालिम केन्द्र स्थापना गरेको छ । हिउँमा खेलिने साहसिक खेल स्किङ रिसोर्ट तालिम केन्द्र पनि स्थापना गरिएको छ ।
घोप्टेघ्याङबाट आमायाङ्ग्रीसम्म ६० किलोमिटर लामो हेलम्बु ग्रेट ट्रेलको निर्माण कार्य जारी छ । यो पालिकाको प्रमुख पर्यटकीय गाउँ हेलम्बुलाई चौतर्फी पर्खालले घेर्ने योजनाका साथ चीनको ग्रेटवालजस्तै पर्यटन मार्ग (ग्रेटट्रेल) निर्माण सुरु गरिएको छ । कुल ६० किलोमिटर लम्बाई रहने ग्रेट ट्रेल निर्माणपछि चीनको विश्वकै दोस्रो लामो पर्खाल हुने दावी गरिएको छ ।
हेलम्बु भित्रिने आन्तरिक तथा वाह्य पर्यटकको सुविधाका लागि निर्माण गरिने ग्रेट ट्रेल मूलतः पदमार्ग हो । हेलम्बुको डाँडाकाँडामा रहने यो ग्रेट ट्रेलबाट हिमाल अवलोकनमा साथै यहाँ पाइने वन्यजन्तु देख्न सकिन्छ । यहाँ लोपोन्मुख वन्यजन्तु रेडपान्डासमेत देख्न पाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अगुवाइमा निर्माण भइरहेको मार्गलाई हेलम्बु हिमालयन ग्रेट ट्रेल नामाकरण गरिएको छ ।
यो मार्ग हेलम्बुु–१ बुद्घपार्कबाट सुरु भई समुन्द्री सतहबाट २५ सय उचाईमा पर्ने सेर्माथाङ हुँदै लैजाने गुरुयोजना छ । “ज्योमथाङ, आमायाङ्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङगुफा, सेमीसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुनेछ,” ।
विशेषगरी पयर्टक आकर्षित गर्नकै लागि लामो पर्खाल बनाइन लागिएको हो । लोपोन्मुख ह्योल्मो जातिको संस्कृति नेपालभर यहाँ मात्रै देख्न सकिन्छ ।
पर्यटन प्रवद्र्धनमार्फत् गाउँपालिकालाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले राखेर पर्यटन मार्ग निर्माण सुरु हो ।
यो पर्खाल यसअघिको पदमार्ग आसपासमा समेत रहन्छ । झण्डै आधाजसो भाग जंगललेसमेत छुनसक्छ । हेलम्बुमा पाइने जंगली जीव–जनावरलाई आवतजावतमा अफ्ठ्यारो नपरोस भन्ने उद्देश्यले पर्यटन मार्ग निर्माण गर्ने क्रममा गाउँपालिकाले विशेष ध्यान दिइरहेको छ । पर्यटकका लागि थप रोमाञ्चक प्रदान गर्न ठाउँठाउँमा भ्यू टावर पनि निर्माण गरिनेछ ।
पाँच सय ६७ फिट गहिराइमा तीन सय मिटर लामो पुल निर्माण गरेर बहुप्रतिक्षित मेलम्ची खानेपानीको मुहान क्षेत्र अम्बाथाङमा बन्जी जम्पको काम तीव्र गतिमा भइरहेको छ ।
हेलम्बु ग्रेट ट्रेललगायत दर्जन बढी पर्यटन योजनाका लागि गाउँपालिकाले न्यूनतम खर्च गरेको अवस्था छ ।
घोप्टेघ्याङमा प्याराग्लाइडिङ, तिम्बु र अम्बाथाङमा क्यानोनिङको सुरुवात गरिएको छ । भूकम्पपछि यो वर्ष पर्यटकीय क्षेत्र हेलम्बुमा बाह्य तथा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । हेलम्बु धार्मिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र हो । यहाँ ६० गुम्बा र १० मन्दिर छन् । तीन सय वर्षभन्दा बढी पुरानो चिरीगुम्बा, मेलम्चीघ्याङ, तार्केघ्याङ र सेर्माथाङमा आठदेखि १५ करोडसम्मको लागतमा गुम्बाको पुनर्निर्माण हुँदै छ ।
हेलम्बुबाट ४५ सय मिटरमा रहेको गन्जलापास भएर लाङटाङको ग्याङ्जेन गुम्बा र सेमिसिदाङबाट लाङटाङ हुँदै ४९ सय ५० मिटर उचाइमा रहेको च्यादाङ भञ्ज्याङ निस्कने पर्यटक पदमार्ग निर्माण भएको छ । विनाबजेट यति धेरै महत्त्वाकांक्षी योजना घोषणा र सुरुवात गरेर हेलम्बुले नमुना नै प्रस्तुत गरेको छ । पाल्चोक भगवतीथान मन्दिरमा भाकाल गर्दा मनको इच्छा पुरा हुने विश्वास विश्वास छ। ककनीबाट रमणीय हिमश्रृंखलाको दृश्यावलोक गर्न सकिने०
सिन्धुपाल्चोकमा पर्यटकलाई तान्न सक्ने धेरै रमरणीय क्षेत्रहरु छन् । दूरीको हिसाबले राजधानीबाट नजिकै रहेको हेलम्बु क्षेत्रमा विभिन्न पर्यटकीय आकर्षक गन्तव्यहरु रहेको छ । हेलम्बुको प्रमुख आकर्षण जय बायेश्वरी मन्दिर, पाल्चोक घ्याङ, मेलम्ची घ्याङ, निर्माणाधिन हेलम्बु हिमालयन ग्रेट ट्रेल, तार्केघ्याङ, सेर्माथाङ, आमा याङरी, मिलारेप्पा गुफा, घोप्टेघ्याङ प्याराग्लाइडिङ लगायत बन्जिजम्पिङका लागि पुल निर्माणको कार्य भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्