चौथो तोप २१ तथा चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेका छन् ।
गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिसले उपाधि जितेको हो । फाइनल खेलमा २५ –१६, २५–१८ र २५–२२ ले गण्डकीलाई पराजित गरेको हो । यो संगै गण्डकीले प्रतियोगितामा दोस्रो स्थान हाशिल गरेका छन् ।
प्रतियोगितामा तेस्रो स्थानको लागि भएको खेलमा कोशी प्रदेशले शसस्त्र प्रहरी बलका एपिएफलाई ३ –० को सेटमा पराजित गरेको छ । यो संगै कोसी प्रदेश तेस्रो हुन भए ।
प्रतियोगितामा पहिलोृ भएका नेपाल पुलिसले क्लबले नगद रु ३ लाख रुपैयाँ, शिल्ड र मेडल पुरस्कार प्राप्त गरे । यस्तै दोस्रो हुने गण्डकी प्रदेशले रु १ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने कोशी प्रदेशले ७५ हजार नगद सहित शिल्ड तथा मेडल पुरस्कार पाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्रि युवाराज दुलालले पुरस्कार वितरण गरेका हुन् । उनले मिनि रंगशाला निमार्ण सम्पन्न गर्न पहल गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्