त्रिपूरासुन्दरी गाउँपालिका– ३ मा सञ्चालन भएको घर घरमा स्वास्थ्यकर्मी अभियान अन्तर्गत ३ हजार ६ सय नागरिकले घरमै स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
४ दिनसम्म सञ्चालन भएको अभियानमा वडाभरका नागरिकहरुको स्वास्थ्य जाँच गरिनुको साथै प्रयेक घरमा दुईथान डिटोल साबुन र प्रत्येक व्यक्तिलाई मास्क वितरण गरिएको थियो । ‘हामीले प्रत्येक नागरिकको ज्वारो, प्रेसर, रुघाखोकी लगायत स्वास्थ्य परीक्षण गर्यौं’, अभियानमा संलग्न स्वास्थ्थकर्मी रामप्रकाश यादवले भने– ‘परीक्षण गरेकाहरुको सवास्थ्य सामान्य पाएका छौं ।’
टोल टोलमा पुगेर वडाका दीर्घरोगीहरुको विवरण संकलन पनि गरिएको छ । नियमित रुपमा औषधी सेवन गरिरहेकाहरुको विवरण संकलन गरि उनीहरुलाई आवस्यक औषधी प्रदान गरिएको वडाअध्यक्ष सुकदेव रिसालले बताए । स्वास्थ्यकर्मीसहित स्यंमसेवक दस्ता बनाएर स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिउको थियो ।
प्रतिक्रिया दिनुहोस्